Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप बिहीबार राति करिब पौने १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि जीएमसी अस्पताल पुर्‍याइएको थियो। कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार दुर्घटनामा परी घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई शुक्रबार बिहान करिब पौने ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा घाँटीछिनाका १५ वर्षीय विवेक बिक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा–२३ का १४ वर्षीय अमित सुनार घाइते भएका छन्। त्यस्तै, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनमा पटका पड्काउँदा बालक घाइते
Latest NewsJust now

चितवनमा पटका पड्काउँदा बालक घाइते

चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूवी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो । पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ । आगलागीबाट ...

केन्द्रबिन्दु
पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते
Latest NewsJust now

पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

पोखरा । पोखरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखरा २३ को दुण्डेफाँटमा घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग... ...

रातोपाटी
आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्य
Latest NewsJust now

आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्य

हरेक दिनजस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि पनि तरकारी तथा फलफूलको मूल्य तोकेको छ।  यस्तो छ मूल्य सूची कृषि उपज न्यूनतम अधिकतम औसत         गोलभेडा ठूलो(नेपाली) (के.जी.) रू ६० रू ७० रू ६५.०० ... ...

नेपालखबर
विद्युतीय गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते
Latest NewsJust now

विद्युतीय गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते

अनिल पराजुलीमकवानपुर, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –६, चिसापानी गढीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play