काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको हो। पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। कप्तान कुशल भुर्तेलले १४ रन जोडे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ तथा तिलक भण्डारीले २ विकेट लिए। दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ। आजको खेल जित्दै लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ। अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। तेस्रो खेल खेलिरहेको पोखरा प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा छ। यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको थियो।
पोखराद्वारा लुम्बिनीलाई ९८ रनको लक्ष्य, पहिलो जितको खोजीमा एभेन्जर्स

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






