Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पूर्वाधार विकास मन्त्रालयका सात इन्जिनियर सेवाबाट बर्खास्त, यस्तो छ कारण

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वाधार विकास मन्त्रालयका सात इन्जिनियर सेवाबाट बर्खास्त, यस्तो छ कारण
Photo / Coverage: पर्दाफास

पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो । सूचनाअनुसार पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेललाई कार्यालयमा हाजिर नभएको आधारमा हटाइएको हो। पदमेन्द्र प्रसाद श्रेष्ठलाई भने बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको आधारमा हटाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिलो ६ जनामाथि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ज) र श्रेष्ठमाथि सोही उपदफाको खण्ड (छ) बमोजिम कारबाही गरिएको हो। सातै जनालाई ऐनको दफा ५९ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम सेवाबाट हटाइएको हो। मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला
OthersJust now

रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला

१ मंसिर, रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम गोलीजस्तो देखिने २७ थान गोली बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा मंगलबार उक्त गोली फेला पारेको हो। गस्ती टोलीले कानुपट्टी सीमा… ...

अनलाइन खबर
खेताला अभावले गुल्मीमा बढ्यो थ्रेसरको प्रयोग
OthersJust now

खेताला अभावले गुल्मीमा बढ्यो थ्रेसरको प्रयोग

२ मंसिर, गुल्मी । पश्चिम गुल्मीका कृषक धान भित्र्याउन थ्रेसर मेसिनको प्रयोग गर्न थालेका छन् । गाउँमा कृषि मजदुरको अभाव बढ्दै गएपछि धान झाट्ने र भित्र्याउने काममा आधुनिक उपकरणको प्रयोग बढ्न थालेको हो । कुनै समय गोरुले खेत जोत्ने र मानिसको सहायताले धान झाट्ने चलन सामान्य थियो । अहिले खेतीपातीका काममा आधुनिक मेसिनको प्रयोग विस्तार… ...

अनलाइन खबर
सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित
OthersJust now

सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित

२ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। ‎ ‎स्थानीयका अनुसार विगत तीन दिनदेखि चुरे जंगलबाट बेलुका गाउँ पस्ने र बिहान करिब ९ बजे पुनः जंगल फर्किने गरेको छ। करिब २६ वटा हात्तीको बथान गाउँ प्रवेश गरी खेतीबालीमा क्षति पुर्‍याउन थालेपछि… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play