Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता : स्तन क्यान्सरका ८१४ र शोका क्यान्सरका ८०५ बिर्सिएर लिए सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता : स्तन क्यान्सरका ८१४ र शोका क्यान्सरका ८०५ बिर्सिएर लिए सेवा
Photo / Coverage: पर्दाफास

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र उपशामक हेरचाह सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी (इएसएमओ) अन्तर्गतको ‘डिजिग्नेटेड सेन्टर्स अफ इन्टिग्रेटेड अन्कोलोजी एन्ड प्यालिएटिभ केयर’ कार्यक्रमअन्तर्गत अस्पतालले सन् २०२७ देखि २०२९ सम्मका लागि उक्त मान्यता प्राप्त गरेको हो । अस्पतालका सूचना अधिकारी प्रमिश गिरीका अनुसार अस्पतालको अन्कोलोजी तथा प्यालिएटिभ केयर सेवासम्बन्धी स्वमूल्याङ्कन प्रतिवेदन र आवेदनको अध्ययनपछि इएसएमओको डिजिग्नेटेड सेन्टर्स टास्क फोर्सले मान्यता प्रदान गरेको हो । यस कार्यक्रमले क्यान्सरका बिरामीलाई रोगको उपचारसँगै पीडा न्यूनीकरण, लक्षण व्यवस्थापन, मनोसामाजिक सहयोग र जीवनको गुणस्तर सुधार गर्ने सेवाको एकीकृत व्यवस्थालाई प्राथमिकता दिँदै आएको छ । मान्यताका लागि अस्पतालको सेवा प्रवाह, उपचार पद्धति र बिरामीको हेरचाहसम्बन्धी मापदण्ड मूल्याङ्कन गरिने सञ्चालक डा अञ्जली कार्की प्रसाईले बताइन् । पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्वी नेपालमा क्यान्सर रोगको परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने प्रमुख स्वास्थ्य संस्थामध्ये एक हो । बिर्तामोड नगरपालिका–५ मा रहेको यस अस्पतालले क्यान्सर रोगको पहिचानदेखि शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी र उपचारपछिको हेरचाहसम्मका सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा मेडिकल अन्कोलोजी, सर्जिकल अन्कोलोजी र रेडिएसन अन्कोलोजीका साथै स्तन, फोक्सो, पाठेघर, टाउको तथा घाँटी र रक्त क्यान्सरलगायत विभिन्न प्रकारका क्यान्सरको उपचार हुँदै आएको छ । त्यसैगरी रोग पहिचानका लागि पेट सिटी, एमआरआई, म्यामोग्रामलगायतका परीक्षण सेवा उपलब्ध छन् । अस्पतालले सञ्चालनको पाँच वर्षमा अर्थात् सन् २०२५ फेब्रुअरीसम्म छ हजार ४८४ जना क्यान्सरका बिरामीले उपचार सेवा लिएका बताएको छ। सो अवधिमा स्तन क्यान्सरका ८१४ र फोक्सोको क्यान्सरका ८०५ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । क्यान्सर रोगको उपचार लामो समयसम्म चल्ने र खर्चिलो हुने भएकाले अस्पतालले विपन्न नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत योग्य बिरामीलाई सरकारी व्यवस्थाअनुसार उपचारमा सहुलियतसमेत उपलब्ध गराउँदै आएको छ । क्यान्सरको उपचारमा रोग नियन्त्रण वा निको पार्ने प्रयाससँगै बिरामीको पीडा कम गर्ने, उपचारका क्रममा देखिने जटिलता व्यवस्थापन गर्ने र मानसिक तथा सामाजिक सहयोग उपलब्ध गराउने कार्यलाई पनि महत्वपूर्ण मानिन्छ । प्यालिएटिभ केयरले बिरामीको जीवनको गुणस्तर सुधार गर्न सहयोग पु¥याउँछ । अस्पतालले प्राप्त गरेको अन्तर्राष्ट्रिय मान्यताले पूर्वी नेपालमा क्यान्सर उपचार तथा उपशामक हेरचाह सेवालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको सूचना अधिकारी गिरीले बताए । पूर्वी नेपालका बिरामीलाई आफ्नै क्षेत्रमा क्यान्सर परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले सेवा विस्तार गर्दै आएको छ । यद्यपि क्यान्सर रोगको समयमै पहिचान, उपचारमा सर्वसाधारणको पहुँच, उपचार खर्च व्यवस्थापन र नियमित अनुगमन अझै चुनौतीका रूपमा रहेका देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे
OthersJust now

रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे

रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका हुन् । जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख… ...

अनलाइन खबर
कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी
OthersJust now

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play