काठमाडाैं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बैंकिङ कसुरको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत साता अदालतबाट पक्राउ अनुमति लिएको हो । प्रभु बैंकबाट लिइएको ३४ करोड रुपैयाँ ऋण दुरुपयोग गरेको आशंकामा बानियाँमाथि अनुसन्धान भइरहेको छ । सोही प्रकरणमा उनका छोरा दिक्षान्त बानियाँलाई प्रहरीले गत कात्तिक १६ गते पक्राउ गरेको थियो । पूर्वमुख्यमन्त्री बानियाँ भने अहिले फरार रहेको प्रहरीले जनाएको छ ।
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






