काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन्। उनीहरूले बिहीबार थाइल्यान्डमा आयोजित समारोहमा विवाह गरेका हुन्। खड्का सन् २०१२ मा ‘मिस लिटल आइडल’को उपाधि जितेकी थिइन्। पौडेलले विवाहको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि जीवनसाथी बन्न पुग्यौँ। सधैँभरि सँगै रहने वाचासहित!’ पौडल र खड्काबिचको विवाह समारोहमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरालगायत खेलाडी थाइल्यान्ड पुगेका थिए। २४ वर्षीय पौडेल नेपाली क्रिकेटका पूर्व कप्तान हुन्। हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा उनले लुम्बिनी लायन्सकोसमेत कप्तानी गरेका थिए। उनको नेतृत्वमा लुम्बिनी लायन्स फाइनलसम्म पुगेको थियो। उनको विवाहको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा क्रिकेटप्रेमी तथा शुभचिन्तकहरूले बधाई र शुभकामना व्यक्त गरिरहेका छन्।
पूर्वकप्तान रोहित पौडेलले गरे सिम्रन खड्कासँग विवाह

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





![बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/dullu-11-27112026042828-watermarked.jpg)
