Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

पुस पहिलो साता विराट एक्स्पो हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुस पहिलो साता विराट एक्स्पो हुने
Photo / Coverage: हिमालय टाइम्स

विराटनगर । उद्योग संगठन मोरङले नवौँ संस्करणको विराट एक्स्पो २०२६ आयोजना गर्ने भएको छ । एक्स्पो आगामी पुस २ गतेदेखि ११ गतेसम्म विराटनगर-१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने बताइएको छ । आयोजकका अनुसार करिब तीन दशकअघि विराट एक्स्पो सुरु हुँदा एक्स्पोको उद्देश्य उद्योग, उत्पादन र व्यापारलाई एउटै थलोमा ल्याउनु थियो । त्यस समयको आवश्यकता त्यही थियो । तर, आजको आवश्यकता फरक छ । आज एउटा उद्योगलाई केवल बजार चाहिएको छैन, उद्योगलाई दक्ष जनशक्ति चाहिएको छ । स्टार्टअपलाई लगानी चाहिएको छ । युवालाई अवसर चाहिएको छ । विद्यार्थीलाई करियरको मार्ग चाहिएको छ । सरकारलाई निजी क्षेत्रसँग सहकार्य चाहिएको छ भने लगानीकर्तालाई सम्भावना चाहिएको छ । समाजलाई समृद्धिको आधार चाहिएको छ । त्यसैले यसपटकको विराट एक्स्पो संस्करणलाई स्टलका आधारमा नभई अवसरहरूका आधारमा डिजाइन गरिएको उद्योग संगठन मोरङले जनाएको छ । आयोजकका अनुसार विराट एक्स्पो २०२६ मा १० वटा अवसर क्षेत्र, छवटा एकीकृत प्लेटफर्ममार्फत् प्रस्तुत गरिनेछन् । यस वर्ष एक्स्पोमा छवटा प्रमुख अवसरमूलक प्लेटफर्म रहनेछन् । पहिलो लर्न फर द फ्युचरअन्तर्गत विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, स्थानीय उद्योगको जानकारी, रोजगारी र सीप विकासका अवसरसँग जोडिने बताइएको छ । संगठनका सदस्य उद्योगहरूले आफ्ना उत्पादन, प्रविधि र रोजगारीका सम्भावना प्रस्तुत गर्ने ‘मेम्बर स्पेस’ रहनेछ । इण्डष्ट्रियल अटोमेसन, फेसन डिजाइन, एग्रिकल्चर, हस्पिटालिटी, ब्युटी एण्ड वेलनेस र हेल्थलगायत आठवटा क्षेत्रमा सीप तथा तालिमसम्बन्धी विशेष बुथ रहने आयोजकले जनाएको छ । दोस्रोमा स्टार्टअप एण्ड इन्टरप्रेनियरसिप प्याभिलियन नयाँ सोच, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न मेकर स्पेस, डिजाइन थिंकिङ, बुटक्याम्प तथा नयाँ र वृद्धि उन्मुख उद्यमको प्रदर्शनी रहनेछ । तेस्रोमा बिडिएस कनेक्ट–बिजनेस डेभलपमेन्ट सर्भिस उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने दर्ता, कानुनी परामर्श, ब्राण्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण, लजिस्टिक्स, बिजनेस क्लिनिक तथा बजार पहुँचजस्ता व्यावसायिक सेवाहरू एकै ठाउँमा उपलब्ध गराउने प्लेटफर्म हुनेछ । त्यस्तै, चौथोमा विराट बिजनेस समिट २०२६ अपरच्युनिटी कनेक्ट तीनदिने व्यावसायिक तथा नीतिगत समिट हुनेछ । समिटका तीन दिनका थिम ‘इन्भेष्ट एण्ड बिल्ड, कनेक्ट एण्ड एक्स्पाण्ड तथा इन्फ्लुयन्स एण्ड ग्रो’ रहने आयोजकले जनाएको छ । जसमा देशभरिका उद्योगी व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ । कोशी प्रदेशका जिल्ला उद्योग वाणिज्य संघहरूलाई विशेषरूपमा जोड्दै प्रत्येक दिन छवटा जिल्ला चेम्बरका प्रतिनिधिमण्डलले आफ्नो क्षेत्रका आर्थिक तथा व्यावसायिक सम्भावना प्रस्तुत गर्ने र तीन दिनमा गरी १८ जिल्लाका अवसर प्रस्तुतीकरण हुने बताइएको छ । नेपाल-भारत र नेपाल-बंगलादेश बिजनेस फोरम, बिटुबी मिटिङ, विषयगत तथा विषयगत प्लेनरी डाइलग पनि समिटका आकर्षण रहने उद्योग संगठन मोरङले जनाएको छ । पाँचौँमा बिजनेस एक्जिबिसन विभिन्न क्षेत्रका उत्पादन, सेवा, प्रविधि, कृषि, अटोमोबाइल्स, खाद्य तथा मनोरञ्जनात्मक गतिविधिहरू समेटेर व्यावसायिक प्रदर्शनी आयोजना हुने र छैटौंमा हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रेल सेवा व्यवस्थित गर्न माग
Latest NewsJust now

रेल सेवा व्यवस्थित गर्न माग

जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक,... ...

रातोपाटी
पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना
Latest NewsJust now

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

पाँचथर । पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला... ...

रातोपाटी
पोखरामा सयपत्री पुष्प मेला सुरु
Latest NewsJust now

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की । पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले... ...

रातोपाटी
बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह
Latest NewsJust now

बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच पछिल्लो समय निकट सम्बन्ध देखिएको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play