Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ -अध्यक्ष ढकाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ -अध्यक्ष ढकाल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय)को अभिलेखीकरण नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । १२ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘मूल समारोह कार्यक्रम’ मा मन्तव्य राख्दै अध्यक्ष ढकालले पुराना विदेशी लगानी (विशेषगरी भारतीय लगानी)को अभिलेखीकरण नहुँदा लगानीकर्ताहरूले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको स्पष्ट पारेका हुन् । उनले यस विषयमा उद्योग मन्त्री र सचिवको विशेष ध्यानाकर्षण गराए । “उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ र यसले नयाँ वैदेशिक लगानी भित्र्याउन ठूलो मद्दत पुग्नेछ,” ढकालले भने । सोही अवसरमा उनले नयाँ सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको भन्दै प्रशंसासमेत गरे । सम्मानित व्यक्तित्वहरूको तर्फबाट बोल्दै ढकालले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गरेर निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकको रूपमा सम्मान गरेको उल्लेख गरे । निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार निर्माणको मुख्य आधार हो भन्ने कुरालाई नयाँ सरकारले आत्मसात् गरेको बताउँदै उनले भने, “पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम अत्यन्तै सराहनीय छ, अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ।” उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा गरेको सहजीकरण र डिजिटलाइजेशनको प्रशंसा गर्दै उनले निजी क्षेत्रमैत्री नीतिगत सुधारले अझ गति लिने विश्वास व्यक्त गरे । ‘औद्योगिक वातावरण सुधारस् दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आयोजित उक्त समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रका छाता सङ्गठनका प्रमुखहरू तथा उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा अध्यक्ष ढकाललाई सम्मानसमेत गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डेढ लाख घुस लिएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Latest NewsJust now

डेढ लाख घुस लिएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णपुर नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनिर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इन्जिनियर चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो। उनले नगरपालिकाबाट सञ्चालित सडकको अन्तिम बिल भुक्तानी गर्दा घुस लिइएको पाइएकाले मुद्दा... ...

नेपालखबर
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
Latest NewsJust now

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

काठमाडौँ, मङ्सिर १२ गते । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।उक्त भे... ...

गोरखापत्र
विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ
Latest NewsJust now

विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ परेका छन् । प्रहरीले शुक्रबार भारत उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहानलाई पक्राउ गरेको हो । चौहान ४ केजी थाई... ...

रातोपाटी
घरबाट सम्पर्कविहीन महिला मृत फेला
Latest NewsJust now

घरबाट सम्पर्कविहीन महिला मृत फेला

तिलाचन पाण्डे गुल्मी, मङ्सिर ११ गते । गुल्मीमा तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेकी एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका–१४ खौवाकी ४० वर्षीया कोपि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement