काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले पावरप्लेको समाप्तिमा नै ठूलो झट्का बेहोरेको छ। कर्णालीले ६ ओभरमा ५६ रन बनाउँदा आफ्ना महत्त्वपूर्ण ४ विकेट गुमाइसकेको छ। पोखराका बलरहरूले कसिलो र आक्रामक बलिङ गर्दै कर्णालीलाई दबाबमा राखेका छन्। इनिङ्सको सुरुआतमा आरिफ इस्लामले १३ बलमा २ चौका र २ छक्कासहित २४ रनको आक्रामक पारी खेले पनि उनी क्याच आउट भए। त्यस्तै, दिपक डूम्रेले ७ बलमै ३ छक्का र १ चौकाको मद्दतले २२ रन जोडे पनि उनी पनि आउट हुन पुगे। जिशन आलम शून्य र मार्क वाट (८) पनि सस्तोमै आउट भए। पोखराका लागि माहेदी हसनले २ विकेट लिएका छन् भने धनञ्जय लक्षन र कुशल भुर्तेलले समान १-१ विकेट हात पारेका छन्। हाल क्रिजमा डेविड मिलर छन् भने कर्णालीलाई जितका लागि ८४ बलमा अझै १६२ रनको आवश्यकता छ।
पावर प्लेमै कर्णालीको ४ विकेट पतन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






