Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

पार्टीमै रहेर अरू दललाई मत दिनेलाई कारवाही गरिने अध्यक्ष ओलीको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पार्टीमै रहेर अरू दललाई मत दिनेलाई कारवाही गरिने अध्यक्ष ओलीको चेतावनी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारवाही गरिने बताएका छन् । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उहाँले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारवाही गर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए । एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिए । बैठक आइतबारसम्म सञ्चालन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम
Latest NewsJust now

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम

जनकपुर । मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको हो । त्यसैगरी, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान […] ...

मकालु खबर
विराटनगरले गुमायो पहिलो विकेट
Latest NewsJust now

विराटनगरले गुमायो पहिलो विकेट

काठमाडौँ । विराटगर किंग्सले पहिलो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले पाँचौँ ओभरमा पहिलो विकेट गुमाएको हो । लोकेश बम १७ बलमा १५... ...

रातोपाटी
ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?
Latest NewsJust now

ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरि दुई भागमा विभाजित भएको बताए। उनले अहिले सरकारले प्रहरी संगठनमाथी अनावश्यक हस्तक्षेप गरेको पनि बताए। प्रहरीसँगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायीसमे... ...

नेपालखबर
बर्दियामा सवारी दुर्घटनामा दुईको मृत्यु, १५ जना घाइते
Latest NewsJust now

बर्दियामा सवारी दुर्घटनामा दुईको मृत्यु, १५ जना घाइते

यज्ञप्रसाद सापकोटाबर्दिया, कार्तिक २८ गते । बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ५६०५ नं को मि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play