Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टक्सार, आपूर्ति, ढुवानी तथा सम्बन्धित सेवा खरिदका लागि पूर्वयोग्यता प्राप्त कम्पनीसँग बोलपत्र माग गरेको हो । राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको सूचनाअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट सिक्का छपाइको काम अघि बढाउन लागिएको हो । यसका लागि प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा राखी एउटै सिलबन्दी खामभित्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । बोलपत्र प्रक्रियामा यसअघि सन् २०२६ मार्च १२ मा ‘द राइजिङ नेपाल’मा प्रकाशित सूचनाअनुसार पूर्वयोग्यता प्राप्त कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन् । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका कम्पनी तथा तिनका सञ्चालक वा लगानीकर्ताले नयाँ कम्पनीमार्फत पनि बोलपत्रमा भाग लिन नपाउने सूचनामा उल्लेख छ । बोलपत्र कागजात खरिद गर्न इच्छुक कम्पनीले आगामी डिसेम्बर २८ सम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार महाशाखामा निवेदन दिन सक्नेछन् । कागजातका लागि २० हजार रुपैयाँ, १३२ अमेरिकी डलर वा ११८ युरो शुल्क तोकिएको छ । इमेलमार्फत पनि कागजात प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । बोलपत्रसम्बन्धी पूर्वबैठक डिसेम्बर ११ मा मध्याह्न १२ बजे मुद्रा व्यवस्थापन विभागमा हुनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ को मध्याह्न १२ बजेसम्म तोकिएको छ । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ । बोलपत्रको मान्य अवधि पेस गरेको मितिदेखि १२० दिन कायम हुनेछ । त्यसका लागि कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेस गर्नुपर्नेछ । उक्त सुरक्षणको मान्य अवधि सन् २०२७ मे २८ सम्म हुनुपर्ने सूचनामा उल्लेख छ । बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकमा सुरक्षित रहने पनि सूचनामा जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
Latest NewsJust now

गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य

बागलुङ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यसै वर्ष बागलुङको निसेलढोरमा केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्। निसेलढोरमा विद्युत् पुगेपछि गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ छ। बिहीबार बागलुङको ढोरपाटनमा केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यहाँबाट करिब ११ किलोमिटर टाढा रहेको निसेलढोरमा पनि यसै वर्ष बिजुली पुर्‍याउने लक्ष्य रहेको बताए। बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरोको निरीक्षणपछि उनले विद्युत् ...

नेपालन्युज
जटिल २०२७ तेल उत्पादन वार्ताका लागि ओपेक प्लस तयार
Latest NewsJust now

जटिल २०२७ तेल उत्पादन वार्ताका लागि ओपेक प्लस तयार

• साउदी अरब, रुस र ओपेक प्लसका अन्य १९ सदस्य राष्ट्रहरूले उत्पादन कोटाहरू निर्धारण गर्न अनलाइन बैठक गर्दैछन्, जसमा कठिन वार्ताको अपेक्षा गरिएको छ। • ओपेक सदस्य इरान र युक्रेनमा रुसको आक्रमणका कारण ऊर्जा बजारमा अनिश्चितता छ, जसले उत्पादन कोटामा असहमति निम्त्याउन सक्छ। • इराकले आफ्नो उत्पादन क्षमताको मूल्यांकन अस्वीकार गर्दै ओपेकसँग उत्पादन सीमा बढाउन वार्ता गरिरहेको छ, जबकि संयुक्त ...

नेपालबहस
४० वर्ष कटेपछि दौड सुरु गर्दै हुनुहुन्छ ? यी कुरामा दिनुस् ध्यान
Latest NewsJust now

४० वर्ष कटेपछि दौड सुरु गर्दै हुनुहुन्छ ? यी कुरामा दिनुस् ध्यान

• ४० वर्षपछि दौड सुरु गर्न ढिला भइसकेको सोच गलत हो, नियमित अभ्यास र उचित प्रशिक्षणले स्वस्थ जीवनशैली कायम गर्न मद्दत गर्छ। • दौडले मुटुको स्वास्थ्य सुधार, रक्तचाप नियन्त्रण, र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, तर शरीरको अवस्थाअनुसार सावधानी अपनाउन आवश्यक छ। • दौड सुरु गर्नुअघि स्वास्थ्य परीक्षण गराउनु उपयुक्त छ र प्रारम्भिक चरणमा क्रमिक अभ्यास र बलियो मांसपेशीको विकासमा ...

नेपालबहस
लागूऔषधसहित चार जना पक्राउ
Latest NewsJust now

लागूऔषधसहित चार जना पक्राउ

झापा। झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्। मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement