Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पहिले हजारका दरले जुलुस निस्कियो, अब लाखका दरले आन्दोलन हुन्छ : केपी ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिले हजारका दरले जुलुस निस्कियो, अब लाखका दरले आन्दोलन हुन्छ : केपी ओली
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फेरि सरकारमा जाने दाबी गर्दै सरकारविरुद्ध लाखौंको संख्यामा आन्दोलन गर्ने चेतावनी दिएका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमाले कसैको कृपाले नभई जनताको समर्थन र संघर्षबाट पुनः सत्तामा पुग्ने बताएका हुन्। ‘सबैले कान खोलेर सुन, एमाले फेरि सरकारमा जान्छ। असंवैधानिक हिसाबले हटाए पनि एमाले मूलढोकाबाट सिंहदरबार पस्छ भनेका थियौँ, पस्यौँ पनि। आफ्नो शक्ति फेरि उठाएर आएका हौँ। हामी फेरि सरकारमा जान्छौँ,’ ओलीले भने। ओलीले वर्तमान सरकारको कार्यशैलीलाई अराजकताको संज्ञा दिँदै त्यसविरुद्ध आन्दोलनमा उत्रिन कार्यकर्तालाई आह्वान गरे। सरकारले आगजनी, तोडफोड, गिरफ्तारी र हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न नसकेको उनको आरोप थियो। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूलाई पक्राउ गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै त्यसको जवाफ सरकारले दिनुपर्ने बताए। हिरासतमा राखिएका कारण आफ्नो शल्यक्रिया ढिलो भएको उल्लेख गर्दै उनले स्वास्थ्य उपचारमा समेत खेलवाड गरिएको आरोप लगाए। ‘पहिले हजारको दरले जुलुस निस्क्यो, अब लाखका दरले आन्दोलन निस्कन्छ,’ ओलीले चेतावनी दिए। उनले एमालेका कार्यकर्ता पक्राउ गरिएको भन्दै त्यसको मूल्य महँगो पर्ने पनि बताए। एमाले देशको नेतृत्व गर्ने पार्टी भएको दाबी गर्दै उनले पार्टीमाथि हुने दमनको प्रतिवाद गरिने बताए। ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोजकुमार केसीको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। आईजीपी केसीले आफू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको भन्दै ओलीले यस्तो अभिव्यक्ति होसमा दिएको हो कि बेहोसीमा भन्दै प्रश्न गरे। ‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म। आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ?’ उनले भने। राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको भन्दै उनले प्रहरी प्रशासनले आफूहरूमाथि ठट्टा गरेको टिप्पणी गरे। प्रमाण भए आफूहरूलाई पक्राउ गरेर देखाउनसमेत उनले चुनौती दिए। गृहमन्त्री सुधन गुरुङले फाइल खोल्दै गरेको र सबैलाई थुनिने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै ओलीले यस्तो गैरजिम्मेवार अभिव्यक्तिले देशमा आतंकको वातावरण सिर्जना गर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री... ...

रातोपाटी
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ पुगेको छ ...

केन्द्रबिन्दु
मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग
Latest NewsJust now

मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग

काठमाडौं । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरेको छ । मुक्कुमलुङ ताइसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण... ...

रातोपाटी
यस्तो छ एमालेको स्थानीय निर्वाचनसम्बन्धी प्रस्तावित कार्ययोजना
Latest NewsJust now

यस्तो छ एमालेको स्थानीय निर्वाचनसम्बन्धी प्रस्तावित कार्ययोजना

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे निर्वाचन तयारीसम्बन्धी कार्ययोजना प्रस्ताव गरेको छ । पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित केन्द्रीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play