Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

पहिरो रोकथामको कामले नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिरो रोकथामको कामले नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए। तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो। ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यससँगै भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ। स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए। गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनःअघि बढाउन लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको बताउँदै उनले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि बाटो सहज बनाउन काम रोकिएको बताए। शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ। शर्माले भने, ‘सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बाटो बन्द गरेर काम गर्नुपर्ने देखिन्छ। प्राविधिक मूल्याङ्कनपछि कति समय बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ। अहिले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो।’ उनले पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भोलिसम्म काम सकिने र पर्सिदेखि पृथ्वी राजमार्ग सञ्चालनमा आउने जानकारी दिए। घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाउने तयारी छ। काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ। सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै सोहीअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बर्थिङ सेन्टर स्थापना भएपछि गाउँमै सुत्केरी सेवा
Latest NewsJust now

बर्थिङ सेन्टर स्थापना भएपछि गाउँमै सुत्केरी सेवा

तातोपानी गाउँपालिकाको ३६ लाख रुपैयाँ लगानीमा बर्थिङ सेन्टर भवन निर्माण भएपछि सुत्केरी सेवा दिन थालिएको हो । शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे । ...

कान्तिपुर
ताप्लेजुङका १२० विद्यार्थीलाई न्यानो ट्र्याकसुट
Latest NewsJust now

ताप्लेजुङका १२० विद्यार्थीलाई न्यानो ट्र्याकसुट

लायन्स क्लब अफ काठमाडौं हाम्रो रुपान्तरणले फुङलिङ नगरपालिका–६ स्थित विद्यालयका विद्यार्थीलाई नगर प्रमुख अमिर मादेनको उपस्थितिमा कपडा दिएको हो। ...

कान्तिपुर
डढेलो रोक्न बाख्राको भर
Latest NewsJust now

डढेलो रोक्न बाख्राको भर

स्यान्टियागो । चिलीको ग्रीष्म ऋतु सुरु हुनुअघि डढेलो निम्त्याउन सक्ने झाडी तथा वनस्पति सफा गर्न बायोबायो क्षेत्रमा ६० वटा बाख्राको बथान परिचालन गरिएको छ। बुएना काब्रा संस्थाका ती बाख्राहरू मुख्यगरी मध्यम... ...

रातोपाटी
लोमान्थाङमा भारतको सहयोगमा निर्मित विद्यालयको छात्रावास भवन उद्घाटन
Latest NewsJust now

लोमान्थाङमा भारतको सहयोगमा निर्मित विद्यालयको छात्रावास भवन उद्घाटन

मुस्ताङ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–२ मा रहेको श्री दिव्य दीप माध्यमिक विद्यालयको नयाँ छात्रावास भवन संयुक्त रूपमा उद्घाटन गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन काठमाडौँस्थित भारतीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement