RSS पहिरोको प्रतीकात्मक फाइल तस्वीर तीन जिल्लाका चार वटा बस्ती अन्यत्र सार्न स्वीकृति दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।डडेल्धुराका दुई, अर्घाखाँची र गोरखाका एकएक वटा बस्तीहरू स्थानान्तरण गर्ने योजनालाई अनुमोदन गरिएको भूगर्भविद् समेत रहेका प्राधिकरणका सहप्रवक्ता प्रकाश पोखरेलले बीबीसीलाई बताए।तीन वटै जिल्लाका अधिकारीहरूले प्राधिकरणले बस्ती स्थानान्तरणसम्बन्धी योजनालाई अनुमोदन गरेसँगै आवश्यक प्रक्रिया अब अगाडि बढाइने जनाएका छन्। काठमाण्डू जोड्ने सडकमा बर्सेनि पहिरोको सास्ती, अब 'भुइँसँगै भित्तोमा लगानी आवश्यक'भोटेकोशी-त्रिशूली बाढीसम्बन्धी पीडीएनएमा के छ? त्यसअनुसार लाभग्राहीहरूले जग्गा खरिद तथा आवास निर्माण कार्यका निम्ति सरकारबाट रकम मागदाबी गर्नुपर्ने हुन्छ।ठाउँअनुसार त्यस्ता लाभग्राहीहरूले प्रतिपरिवार तीन लाखदेखि पाँच लाख रुपैयाँ पाउने कार्यविधि रहेको छ।बस्ती स्थानान्तरण किन र कसरी?वर्षौँदेखि पहिरोको उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राखी ती बस्तीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न लागिएको अधिकारीहरूले बताएका छन्।"पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिहरूको सिफारिसबमोजिम हामीले स्थानान्तरणका लागि स्वीकृति दिएका हौँ," प्राधिकरणका सहप्रवक्ता पोखरेलले बीबीसी न्यूज नेपालीसँग भने।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पर्ने बुजुन्डो बस्ती, गोरखाको चुमनुब्री गाउँपालिकाको देवलगाउँ र डडेल्धुराको बलौचेसहित दुई वटा बस्ती सारिने उनले बताए।पोखरेलका अनुसार हाल जोखिममा रहेका ती बस्तीहरूलाई स्थानान्तरण गरिने ठाउँहरूको पहिचान समेत गरिसकिएको छ।अर्घाखाँचीको बुजुङ्गो बस्तीलाई फुत्बाङ्ग भन्ने ठाउँमा स्थानान्तरण गरिने प्राधिकरणका सहप्रवक्ता पोखरेलले जानकारी दिए। त्यसै गरी गोरखाको देवल गाउँलाई फिलिम भन्ने ठाउँमा स्थानान्तरण गरिने छ। विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने पुनर्निर्माण प्रस्तावको आधार के, चीनसँग कस्तो सहकार्यप्रधानमन्त्री 'विपद्' कोषमा तपाईँले दिएको सहयोग कहाँ–कहाँ खर्च भइरहेको छ? यस्तो छ १७ अर्ब रुपैयाँको हिसाबकिताब अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिराम मरासिनीले भूगर्भविद्हरूको सल्लाहबमोजिम बस्ती स्थानान्तरण गर्ने निष्कर्षमा पुगिएको बीबीसीलाई बताए।उनका अनुसार सन्धिखर्कको बुजुन्डो बस्तीका ४४ वटा घरधुरीलाई स्थानान्तरण गरिने छ।"पहिचान भएका ४४ लाभग्राहीमध्ये १९ जनाले कुनै ठाउँमा आफ्नो जग्गा नरहेको कबुलियतनामासमेत गरिसक्नुभएको छ। हामीकहाँ स्थानान्तरणको प्रक्रिया अगाडि बढिसक्यो," बीबीसी न्यूज नेपालीसँग मरासिनीले भने।भूगर्भविद्हरूको टोलीले उक्त स्थान बस्नका लागि उपयुक्त नरहेको आफूहरूलाई जानकारी दिएको उनले जानकारी दिए।देवलगाउँका कुल ८३ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बीबीसीलाई बताए।त्यसअघि चुमनुब्री गाउँपालिकाले देवलगाउँलाई अन्यत्र स्थानान्तरण गर्न सहमति दिने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो।उक्त सिफारिसबमोजिम जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्र लेखेको थियो।पहिरोको उच्च जोखिममा रहेको देवलगाउँमा भूगर्भविद्हरूको टोलीले गत जेठ महिनामा स्थलगत अध्ययन गरेपछि सो गाउँलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएको अधिकारीहरूले बताएका छन्।प्राधिकरणको स्वीकृतिसँगै दुई वटा बस्ती सार्न आवश्यक प्रक्रिया अगाडि बढाइने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर रोकायाले बीबीसीलाई बताए।डडेल्धुराको आलिताल गाउँपालिकाका दुईवटा बस्ती स्थानान्तरण हुने उनले जानकारी दिए। त्यहाँका स्थानीय जनप्रतिनिधिहरूले यसका लागि वर्षौँदेखि ताकेता गर्दै आएको भए पनि उदासीनता देखाइएको गुनासो गर्ने गरेका थिए। के पछिल्लो विध्वंशकारी वर्षाको सम्बन्ध जलवायु परिवर्तनसँग छ?'उद्धारको याचना गर्दागर्दै खोलाले बगायो, सहयोग गर्ने कोही भएन, हामी टुलुटुलु हेर्न बाध्य भयौँ' रकम दिन तयारराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता प्रकाश पोखरेलले लाभग्राहीहरूबाट माग आएपछि रकम दिइने बताए।"बस्ती स्थानान्तरण गर्ने कुरा अनुमोदन भइसक्यो। अब लाभग्राहीले अनुदान लिन सक्नुहुन्छ। गाउँपालिकामार्फत् उहाँहरूले माग गर्नासाथ हामी अनुदान रकम पठाइदिन्छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले देवलगाउँ सार्ने भन्ने विसं २०८२ सालदेखिको पहल अहिले आएर सफल हुन लागेको बताए।तर बस्ती स्थानान्तरणको सफलता स्थानीय सरकारमा निर्भर हुने उनको तर्क छ। "कहीँकहीँ जोखिम हुँदाहुँदै मानिसहरू आफ्नो थातथलो छोड्न तयार भएनन् भन्ने सुनिन्छ। त्यो भएर स्थानीय सरकारहरूले असर पर्ने मानिसहरूको चित्त बुझाउन सक्नुपर्छ," उनले अगाडि भने।यद्यपि कतिपय विज्ञ तथा अधिकारीहरूले आफ्नो जन्मस्थान अथवा पुरानो ठाउँ छोड्न इच्छा नभए पनि जोखिमलाई ध्यानमा राखेर अन्यत्र सर्नुको विकल्प नहुने बताउँदै आएका छन्। काठमाण्डू-हेटौँडा सडक: तराई छुने छोटा बाटो किन राजधानी जोड्ने भरपर्दो विकल्प बन्न सक्दैनन्?सडक दुर्घटनामा धेरै क्षति पुग्छ तर हवाई दुर्घटनामा जस्तो सरकारले 'ध्यान दिँदैन' बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
पहिरोको जोखिममा रहेका बस्ती अन्यत्र सार्ने सरकारी निर्णय, कार्यान्वयन कसरी

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






