Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

पश्चिम एशियामा तेस्रो अमेरिकी युद्धपोत आइपुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
पश्चिम एशियामा तेस्रो अमेरिकी युद्धपोत आइपुग्यो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मध्यपूर्वमा विकसित ताजा भूराजनीतिक द्वन्द्वका कारण यस क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ। अमेरिकी जलसेनाको अत्याधुनिक विमानबाहक पोत ‘यूएसएस थिओडोर रुजवेल्ट’ मध्यपूर्व क्षेत्रमा आइपुगेको एक अमेरिकी अधिकारीले अलजजिरालाई बताएका छन्। यससँगै अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) को कार्यक्षेत्रमा तैनाथ अमेरिकी विमानबाहक पोतहरूको संख्या तीन पुगेको छ। उता, इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले वासिङ्टनले कूटनीतिक पहलको कुराकानी गरेर फेरि अर्को आक्रमणका तयारी गरिरहेको दाबी गरेका छन् । उनले अवस्था यस्तै रहे इरान चुप लागेर नबस्‍ने चेतावनी दिए । यसैबीच, बहराइनस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकका लागि विशेष सुरक्षा सतर्कता जारी गरेको छ। इरान र हुथी विद्रोहीहरूबाट सम्भावित आक्रमणको जोखिम रहेको भन्दै दूतावासले चेतावनी दिएको हो। यसअघि बहराइन सरकारले आफ्नो आकाशमा इरानी आक्रमणलाई वायु रक्षा प्रणाली (एयर डिफेन्स) मार्फत निष्प्रभावी बनाएको जनाएको थियो । यसैबीच हर्मुज जलमार्गमा दुईवटा तेल ट्यांकरहरूमा विस्फोट भई आगलागी भएको इरानी जलसेनाले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाटोमै जन्मिन्छन् शिशु
Latest NewsJust now

बाटोमै जन्मिन्छन् शिशु

दैलेख समाचारदातादैलेख, कात्तिक ३० गते । शर्मिला सार्कीको घरबाट स्वास्थ्य संस्था पुग्न करिब आधा घण्टा लाग्छ तर यात्रा सहज नहुँदा २५ वर्षीय सार्कीले बाटोमै शिशुलाई जन्म दिनुभयो । सुर... ...

गोरखापत्र
रित्तिँदै बाजुराका गाउँबस्ती
Latest NewsJust now

रित्तिँदै बाजुराका गाउँबस्ती

बाजुरा समाचारदाताबाजुरा, कात्तिक ३० गते । दसैँ–तिहारमा मानिसले भरिभराउ भएका बाजुराका गाउँबस्ती पुनः रित्तिन थालेका छन् । नेपालीहरको महान पर्व दसैँ–तिहार मनाउन गाउँ आएका परदेशीहरू च... ...

गोरखापत्र
मंसिरका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदरः ६ वटाले घटाए, १६ वटाको यथावत्
Latest NewsJust now

मंसिरका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदरः ६ वटाले घटाए, १६ वटाको यथावत्

काठमाडौं । काठमाडौं। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मंसिर १ गते मंगलबारदेखि लागू हुने गरी निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। मंसिरमा ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १४ वटाले कात्तिककै दरलाई निरन्तरता दिएका छन्। यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्। ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ सबैभन्दा धेरै १ प्रतिशतले कटौती गर्दै ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ। ...

कर्पोरट खबर
नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो
Latest NewsJust now

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुने सबैको पहिचान खुलेको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो। दुर्घटनालगत्तै २५ जना घाइते भएको विवरण प्राप्त भए पनि ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play