Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

‘पल्सर आरपीएम’ को पोखरा संस्करण सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पल्सर आरपीएम’ को पोखरा संस्करण सम्पन्न
Photo / Coverage: टेक्नोलोजी खबर

बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १४ गते (अक्टोबर ३१) पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो। सम र कार्यक्रमस्थलसम्मको पहुँचमा केही चुनौती रहे पनि दर्शकको उल्लेखनीय उपस्थितिले पोखरामा पल्सर आरपीएमप्रति देखिएको उत्साहलाई प्रतिबिम्बित गरेको आयोजकको ठहर छ। कार्यक्रममा पल्सर एन१६० मार्फत प्रस्तुत गरिएका रोमाञ्चक मोटरसाइकल स्टन्टले दर्शकको ध्यान आकर्षित गरेको थियो। त्यस्तै, फ्रिस्टाइल र स्ट्याटिक्स विधामा आयोजित क्यालिस्थेनिक्स प्रतियोगितामा खेलाडीहरूले आफ्नो शारीरिक क्षमता, सन्तुलन र कौशल प्रदर्शन गरेका थिए। अवार्ड विजेता खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो। कार्यक्रमस्थलमा पल्सर एन१६० र एनएस२०० को प्रदर्शनका साथै टेस्ट राइडको व्यवस्था गरिएको थियो, जसले सहभागीहरूलाई दुवै मोटरसाइकलको अनुभव लिने अवसर प्रदान गरेको थियो। काठमाडौं र बुटवलमा सफल आयोजना भइसकेको पल्सर आरपीएमको पोखरा संस्करणले स्थानीय प्रतिभा र युवा समुदायलाई एउटै मञ्चमा जोड्दै नेपालमा स्ट्रीट कल्चर तथा एक्सन स्पोर्ट्सको विकासमा योगदान पुऱ्याउने आफ्नो उद्देश्यलाई थप बलियो बनाएको छ। कार्यक्रममा बोल्दै पल्सर आरपीएमका स्टन्ट राइडर रबिन श्रेष्ठले भने, ‘तपाईंहरूको उत्साह र समर्थनले हरेक प्रस्तुतिलाई अझ विशेष बनाएको छ। यो केवल एउटा शो नभई सपना देख्ने, आफ्नो प्रतिभा प्रस्तुत गर्ने र एकअर्कालाई साथ दिने सबैको साझा उत्सव हो।’ The post ‘पल्सर आरपीएम’ को पोखरा संस्करण सम्पन्न appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
One Cover Academy and Aadim National College partner for Next-Gen Tech & AI education
TechnologyJust now

One Cover Academy and Aadim National College partner for Next-Gen Tech & AI education

The landscape of technology education in Kathmandu is undergoing a transformative shift. As the demand for specialized tech professionals surges both locally and globally, bridging the gap between traditional classroom theory and practical industry requirements has never been more critical. In a major development for higher education, One Cover Academy has officially partnered with Aadim National College to revolutionize artificial intelligence ...

टेक्नोलोजी खबर
वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल बनाउन भन्सार विभाग र क्यानबीच सम्झौता
TechnologyJust now

वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल बनाउन भन्सार विभाग र क्यानबीच सम्झौता

हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको छ। सम्झौताले हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात तथा निर्यातका क्रममा आवश्यक पर्ने प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रियालाई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग प्रत्यक्ष रूपमा आबद्ध गरी अनलाइन माध्यमबाट सेवा उपलब्ध गराउन सहज ...

टेक्नोलोजी खबर
त्रिविको ७०५ रोपनी जग्गा फिर्ता, प्रयोगशाला र अनुसन्धान केन्द्र बनाउने तयारी
TechnologyJust now

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता, प्रयोगशाला र अनुसन्धान केन्द्र बनाउने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौं उपत्यकाभित्र विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिको कब्जा र प्रयोगमा रहेको आफ्नो ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ । लामो समयदेखि सम्झौता विपरीत प्रयोग हुँदै आएका, भाडा तथा लिजको अवधि सकिएका र अनुमति नलिई अतिक्रमण गरिएका जग्गा विश्वविद्यालयको स्वामित्वमा फर्काइएको हो ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रालय र त्रिवि प्रशासनको सक्रियतामा पछिल्लो ...

आइसिटी समाचार
खरिद प्रक्रियामाथि उठेका प्रश्नबारे टेलिकमको स्पष्टीकरण, अपुष्ट समाचार नलेख्न आग्रह
TechnologyJust now

खरिद प्रक्रियामाथि उठेका प्रश्नबारे टेलिकमको स्पष्टीकरण, अपुष्ट समाचार नलेख्न आग्रह

काठमाडौं । नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा कम्पनीको खरिद प्रक्रियासम्बन्धी भ्रमपूर्ण तथा अपुष्ट समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापना भएको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play