नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतीय राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै, दुवै देशबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाकाे शिष्टाचार भेट

Read Complete Original Article
Published originally on पर्दाफास






