Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन
Photo / Coverage: पर्दाफास

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा सोमबारबाट सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् । नेपालको जलवायु महत्वाकाङ्क्‌षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो । पभेलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम र चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । उनले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर) मा देखिँदै गएका परिवर्तनका कारण उत्पन्न भइरहेका जोखिमप्रति चिन्ता व्यक्त गरे । हालै जलवायु परिवर्तनका कारण भएको विनाशकारी भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकहरूले असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति बेहोर्नुपरिरहेको उल्लेख गरे । परराष्ट्रमन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा क्षति कोषमा प्रभावित मुलुकहरूको सहज पहुँच स्थापित गर्न तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेकोमा जोड दिए । साथै, हिमाली क्षेत्रको संरक्षणसँगै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका लागि समेत विश्वव्यापी सहकार्य अपरिहार्य रहेको उनले बताए । उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री नीशा मेहता, सङ्घीय संसद् प्रतिनिधिसभाका सदस्य सागर ढकाललगायत विभिन्न क्षेत्रका विशिष्ट प्रतिनिधिहरूले समेत सम्बोधन गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु
OthersJust now

पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु

राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। पेस्तोलमा गोली भरिएको छ भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ। ...

अनलाइन खबर
नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय
OthersJust now

नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

गृह मन्त्रालयले थप गर्न गृहकार्य गरिरहेको दरबन्दी प्रस्ताव स्वीकृत भएमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायको दरबन्दी संख्या केही बढ्नेछ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play