Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने
Photo / Coverage: केन्द्रबिन्दु

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। न्हुदँया भिन्तुना र्‍याली (नयाँं वर्ष नेपाल सम्वत् ११४७ को शुभकामना र्‍यालीका) सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौंको संख्यामा पटाका पड्काएका थिए। पटाकाबाट निस्किएको आगोको झिल्कोले ऐतिहासिक मन्दिर तथा पुराना संरचनामा आगलागी हुनसक्ने जोखिम समेत बढाएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन्। सयौं वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर परिसरमा यसरी खुला रूपमा बारुदजन्य पटाका पड्काउँदा मन्दिरमा आगालागि हुन सक्ने स्थानीयको भनाई हो। स्थानीय केपी छुस्याकीले सामाजिक सञ्जाल फेसबुकमा पटका पडकाएको फोटो भाइरल भएपछि लेखेका छन्, सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुमाउँदा मानिसमा विवेक हराउने रहेछ। उनले भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको फेसबुकमार्फत उल्लेख गरेका छन्। त्यस्तै, अनिल पाउँले टौमढीमा पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरेका छन्। मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइदा पटाकाको ठूलो आवाज र धुवाँका कारण आसपासका सर्वसाधारणलाई सास्ती भएको थियो। पटाकाबाट निस्किएको धुवाँका कारण श्वास फेर्न कठिन भएको थियो। पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटना समेत प्रत्यक्ष देखिएको थियो। समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुनबाट जोगिएको थियो। उक्त पटाका मन्दिरको पुरानो तथा मक्किएको काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ। घटनास्थलमा सुरक्षाकर्मी समेत उपस्थित थिए। पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफू संख्यामा कम र पटाका पड्काउने धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए। उनका अनुसार प्रहरीले दसैंदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना प्रवाह गर्दै आएको थियो। केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ। विश्वसम्पदा क्षेत्रमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी हो। पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि तथा नागरिक सबै जिम्मेवार हुनुपर्ने स्थानीयको भनाइ छ। टौमढीका स्थानीयबासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका स्थानीयवासी प्रभावित भएको बताए। राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले सुत्न नपाएको उनले गुनासो गरे। चाडपर्व मनाउने नाममा गरिएको यस्तो गतिविधिले बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या परेको स्थानीयको भनाइ छ। पटाकाको आवाजले शान्त वातावरणमा असर पुर्‍याउनुका साथै धुवाँले घरभित्रै बस्न असहज बनाएको थियो। पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५), सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन्। यस्ता प्रदूषक श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा आँखा, नाक र घाँटीमा जलन, खोकी, दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छन्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ। यसका साथै विश्व सम्पदा सूचिमा विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरका काठमा आगोको झिल्का परेर आगलागी भए त्यसको जिम्मेबारी कसले लिने भन्ने प्रश्नले धेरैलाई गम्भीर बनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। पटाकाबाट निस्कने धुवाँमा रहेका केही विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन्। यद्यपि एक पटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन, जोखिम मुख्यतः प्रदूषणको मात्रा, सम्पर्कको अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ। यस विषयमा आज हुने तिहारको अन्तिम दिन राति पनि यस्तै घटना नदोहोसिओस् भनेर सवैले अपेक्षा गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु
Latest NewsJust now

तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु

सुनसरीको इनरुवा नगरपालिका-५, बलाहामा तीन वटा सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।  बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र. १-०२-०५५ प १२९८ नम्बरको स्कुटर र साइकल एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालय, सुनसरीका... ...

नेपालखबर
लागुऔषधविरुद्ध सचेतना फैलाउँदै रौतहटका युवा
Latest NewsJust now

लागुऔषधविरुद्ध सचेतना फैलाउँदै रौतहटका युवा

चार वर्षअघि गरुडा नगरपालिका–५ महम्मदपुरबाट सुरु भएको युवाको अभियान अहिले रौतहटका विभिन्न नगरपालिका, बजार र विद्यालयसम्म विस्तार भएको छ । ...

कान्तिपुर
पौरखी खनालको ‘पौरखी डेरी’, २५ हजारबाट पुर्‍याए ५ करोड लगानी
Latest NewsJust now

पौरखी खनालको ‘पौरखी डेरी’, २५ हजारबाट पुर्‍याए ५ करोड लगानी

विराटनगर । कुनै समय थियो, उनी लोकल बसको छत र डिक्कीमा दूधका क्यान राखेर बजार पुर्‍याउँथे । बाटो बिग्रिएका हुन्थे, बत्तीको ठेगान थिएन । गर्मीयाममा बजार पुग्दा नपुग्दै दूध बिग्रन्थ्यो । सुरुवाती... ...

रातोपाटी
भाइटीकाका दिन सशस्त्र प्रहरीको निःशुल्क बस सेवा : झण्डै २ हजार ५०० लाभान्वित
Latest NewsJust now

भाइटीकाका दिन सशस्त्र प्रहरीको निःशुल्क बस सेवा : झण्डै २ हजार ५०० लाभान्वित

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ यात्रु लाभान्वित भएका छन् । सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारणको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play