काठमाडौं । एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई १–० पराजित गरेको छ र यससँगै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । हारले न्युकासलका प्रशिक्षक म्याथिस यासलेमाथि दबाब बढेको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा एक मात्र गोल थिएर्नो बेरीले गरे । खेलको अन्त्यतिर हरिसन आम्स्ट्रङमाथि डरलाग्दो फल गरेपछि ज्याकोब राम्सीलाई रातो कार्ड देखाइएको थियो र न्युकासल दस खेलाडीमा सीमित रह्यो । साउदी लगानी रहेको न्युकासल सबै प्रतियोगिताका पछिल्ला पाँचमध्ये चार खेलमा पराजित रहेको छ । यस्तै पछिल्ला सातमध्ये दुई खेलमै मात्र न्युकासल विजयी रहेको छ । एभरटनको १३ अंक भएको छ भने न्युकासल ११ अंकमा १३ औं स्थानमा रह्यो ।
न्युकासललाई हराएर एभरटन सातौंमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






