Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

नेवारका ४० थरलाई दलित बनाइएकोमा नेवार समुदाय आन्दोलित

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेवारका ४० थरलाई दलित बनाइएकोमा नेवार समुदाय आन्दोलित
Photo / Coverage: पर्दाफास

नेवार समुदायका ४० थरलाई दलितको सूचीमा राखिएकोप्रति नेवार समुदायका अगुवाहरुले आन्दोलन सुरु गरेका छन् । सोमबार निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने तयारी समुदायको छ । शनिवार ऐतिहासिक असन डबलीमा भेला भएका नेवार समुदायका अगुवा, अभियन्ता र स्थानीय बासिन्दाले हचुवाको भरमा गरिएको उक्त सूचीकरण तत्काल सच्याउन माग गरेका थिए । नेवार अगुवाहरुसँगै उभिएर नेपाली कांग्रेस काठमाडौँ महानगरका सभापति सुशन वैद्यले समुदायका विज्ञ, गुठी र सरोकारवालासँग कुनै परामर्श नगरी तथा समाजशास्त्रीय एवं वैज्ञानिक अध्ययनबिनै हचुवाको भरमा दलित सूचीमा राख्नु अपरिपक्व र अन्यायपूर्ण भएको बताए । राष्ट्रिय दलित आयोग र सरकारले ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको समुदायभित्र बिना आधार विभाजन र वर्गीकरण थोपर्न खोजेको आरोप पनि उनले लगाए । सभापति वैद्यले नेवार समुदायभित्रका ४० वटा थरलाई दलित सूचीमा समावेश गर्ने अवैज्ञानिक निर्णय नेवार समुदायलाइ स्विकार्य नहुने र यो निर्णय तत्काल फिर्ता नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने,‘दलित आयोग थोरै लचक भएर प्रस्तुत भएको छ । आयोगले सरकारलाई निर्णय फिर्ता लिन समन्वय गर्नुपर्छ । यदि निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्छौं ।’ नेवार समुदायभित्रको विविधता, परम्परागत पेसा र सांस्कृतिक संरचनालाई नबुझी राज्यले एकतर्फी रूपमा सूचीकरण गर्दा सामाजिक सद्भाव र समुदायको आत्मसम्मानमा ठेस पुग्ने भन्दै प्रदर्शनकारीहरूले तत्काल निर्णय फिर्ता लिन आग्रह गरेका छन्। कुनै पनि समुदायको पहिचान र वर्गीकरणसम्बन्धी संवेदनशील नीतिगत निर्णय गर्नुअघि गहिरो अध्ययन र सम्बन्धित समुदायको सहमति अपरिहार्य हुने उनीहरुको भनाइ थियो । प्रदर्शनमा सहभागी नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.अमिता प्रधान शाक्यले नेवारहरूको सांस्कृतिक पहिचानमाथि आक्रमण गरिएको बताइन्। उनले नेवार समुदायमा दलित भन्ने वर्ग नै नरहेको बताउँदै जीवित देवीको थर पनि दलितमा परेको उल्लेख गरिन्। देशभरका नेवार समुदायमाथि प्रहार गरिएको भन्दै उनले कुनै पनि निर्णय गर्दा सम्बन्धित पक्ष र समुदायसँग समन्वय गरेर गर्नु पर्नेमा सरकारले नेवार समुदायलाइ हेपेर निर्णय गरेको दावी गरिन्। केन्द्रिय सदस्य डा.प्रधानले सरकारको यो निर्णयले जातीय द्वन्द्व निम्त्याउन सक्ने चेतावनी पनि दिइन्। कांग्रेसकै अर्का केन्द्रीय सदस्य सपना राजभण्डारी जोशीले सरकारले राजपत्रमा निकालिएको कुरा विनाअध्ययन र अनुसन्धानमा ल्याइएको बताइन्। समुदायसँग कुनै परामर्श नगरिएको र उनीहरुको भावना माथी खेलवाड गरिएको दावी गरिन् । सरकारको अपरिपक्व र हेपाहा निर्णयका विरुद्धमा आन्दोलनमा उत्रिन पनि उनले सबैलाइ आह्वान गरिन् । राज्यले नागरिकको आत्मसम्मानमा ठोस पु¥याएको उनको भनाई छ। उनीहरूले ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर्, आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन, प्रमाण हेर्ने, न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन, विरोध र द्वन्द्व हिंसाको लागि होइन, अधिकार र पहिचानको लागि, गणतन्त्रको पहिलो दलित प्रधानमन्त्री भएकोमा माननीयज्युलाई बधाई, सरकारको स्वेच्छाचारी निर्णय बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले दलित आयोग खारेज गर्न माग समेत गरेका छन्। नेवार अगुवाहरुको सक्रियतामा भएको आन्दोलनको समन्वय भने नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘लभको इमेज खराब गरिदियौ’ भन्दै स्काउटमाथि भड्किए सलमान
OthersJust now

‘लभको इमेज खराब गरिदियौ’ भन्दै स्काउटमाथि भड्किए सलमान

‘बिग बोस २०’को ‘वीकएन्ड का वार’मा यसपटक सलमान खान स्काउट ओपीमाथि निकै आक्रोशित देखिनेछन् । शोको सार्वजनिक प्रोमोमा लभ गिललाई लिएर स्काउटले गरेको कुराकानीको विषय उठाउँदै सलमानले उनलाई कडा रूपमा सुनाएको देखिन्छ । सलमानले स्काउटले लभको छवि बिगारेको आरोप लगाएका छन् । यता, सलमानको कुरा सुनेपछि लभ भावुक हुँदै रोएको प्रोमोमा देखिन्छ । प्रोमोमा सलमानले… ...

अनलाइन खबर
चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
OthersJust now

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरी अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । ...

अनलाइन खबर
अध्यादेश खारेजी लगायतका माग राख्दै रास्वपा कार्यालयमा पत्रकार महासंघको एक घण्टे धर्ना
OthersJust now

अध्यादेश खारेजी लगायतका माग राख्दै रास्वपा कार्यालयमा पत्रकार महासंघको एक घण्टे धर्ना

१३ मंसिर, काठमाडौं । प्रेस काउन्सिल अध्यादेश खारेजी लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले आइतबार एक घण्टा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । महासंघका अध्यक्ष निर्मला शर्मा लगायतका पदाधिकारी र पत्रकारहरूले बिहान ११ बजेबाट प्लेकार्ड सहित धर्ना दिएका थिए । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement