नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत् ११४७ को अवसरमा आज सुकुण्डा र्याली आयोजना गरेको छ । र्यालीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवत्को नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो । र्यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । नेपाल संवत् नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत् हो । विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ । कांग्रेस महानगर समितिले आयोजना गरेको र्यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो । र्यालीले नेपाल संवत्को ऐतिहासिक महत्त्व नयाँ पुस्तासम्म पुर्याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुण्डा र्याली

Read Complete Original Article
Published originally on पर्दाफास






