Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् सबै नेपालीको साझा सम्पदा : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् सबै नेपालीको साझा सम्पदा : सभामुख अर्याल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन्। नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्त्वपूर्ण आवाज उठाएको स्मरण गरे। “शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय यस आन्दोलनका महत्त्वपूर्ण उपलब्धि हुन्”, सभामुख अर्यालले भने, “अब यी उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवतको प्रयोग विस्तार गर्न आवश्यक छ।” नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान हाम्रो राष्ट्रिय शक्ति हो भन्दै उनले नेपाल संवत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताए। नेपाल भाषा, रञ्जना लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिकाको आवश्यकता औंल्याउँदै सभामुख अर्यालले यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल संवतको प्रयोग विस्तार गर्न सके मात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुने बताए। “नेपाल संवत् केवल समय गणना गर्ने पात्र मात्र होइन यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो”, उनले भने। नेपाल संवतको प्रारम्भ राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोक कल्याणकारी योगदानसँग जोडिएको उल्लेख गर्दै सभामुख अर्यालले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उनले स्थापना गरेको यस संवतको सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको बताए। “उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ”, सभामुखले भने। नेपाल संवत्को ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्व नेपालमण्डलको जीवन पद्धतिसँग गहिरो रुपमा जोडिएको जनाउँदै उनले नेपालका चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा यसको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्दै आइरहेको जानकारी दिए। उनले बागमती प्रदेशभित्रका १३ वटा जिल्लामा शङ्खधर साख्वा प्रतिष्ठान स्थापना तथा नेपाल भाषाको विकास, संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको स्पष्ट पारे। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल भाषा संघर्ष समितिका अग्रजले गरेको आन्दोलनका कारण नेपाल भाषाको प्रवर्द्धन तथा नेपाल संवतको राष्ट्रिय मान्यता प्राप्त हुनसकेको बताए। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आजभन्दा ठिक ४७ वर्षअघि अर्थात् नेपाल संवत् ११०० देखि नै यस संवतलाई राष्ट्रिय संवतको मान्यता दिनुपर्छ भन्ने आवाज उठ्दै आएको भएता पनि गणतान्त्रिक सरकारले मात्रै नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिएको बताइन्। “नेपाल भाषा आन्दोलन करिब पाँच दशकको यात्रा भइसकेता पनि अझै पनि यो सांस्कृतिक र राजनीतिक जागरणको प्रतिविम्बका रूपमा यो आन्दोलन अगाडि बढिरहेको छ, आज पनि यसको औचित्य छ”, उनले भनिन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने इरानको अडान
Latest NewsJust now

हर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने इरानको अडान

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ महिनादेखि जारी युद्ध अन्त्य गर्ने दिशामा ‘सकारात्मक गति’ देखिएको बताइरहेका बेला इरानले स्ट्रेट अफ हर्मुज पुनः खोल्न अमेरिकाले आफ्ना माग पूरा गर्नुपर्ने जनाएको... ...

रातोपाटी
पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली
Latest NewsJust now

पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली

काभ्रे। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली निकालिएको छ। पनौती नेपालद्वारा आयोजित र्‍यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो।... ...

रातोपाटी
अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता
Latest NewsJust now

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play