Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नेपाल भ्रमणमा नेपथ्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल भ्रमणमा नेपथ्य
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित हुँदै छ । ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले अबको पहिलो कन्सर्ट मङ्सिर ३ मा सौराहामा गर्नेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृहअगाडि) रोजिएको छ । यस कन्सर्टका लागि तोकिएका सहुलियत दरका टिकट निकैअघि बिक्री भइसकेका छन् । अन्य टिकट पनि थोरै मात्र बाँकी छन् । दोस्रो कन्सर्ट स्याङ्जाको पुतलीबजारमा मङ्सिर ५ गते शनिबार हुनेछ । त्यहाँस्थित मालेबगर खेलमैदानमा नेपथ्यले लोकरक सुनाउन लागेको हो । त्यसपछि ब्यान्ड धौलागिरि हिमालको काखतिर लाग्नेछ । म्याग्दीको बेनीस्थित खुलामञ्चमा मङ्सिर ९ मा दर्शकसामु उपस्थित हुने नेपथ्यको तालिका छ । चौथो कन्सर्ट तनहुँको बेलचौतारामा मङ्सिर १२ गते शनिबार हुनेछ । शुक्लागण्डकी नगरपालिकास्थित यो बस्ती राजमार्गसँग जोडिएको छ । कन्सर्ट भानुभक्त क्याम्पसको मैदानमा हुनेछ । नेपथ्यका सबै कन्सर्टका लागि निर्धारित दिनको अपराह्न ४ बजे ढोका खुला हुनेछन् । मुलुकभित्र अनि बाहिरका ठूला सहरहरूमा भव्य रूपमा प्रस्तुत हुँदै आएको नेपथ्यले साना सहर र बस्तीमा बसोबास गर्ने आफ्ना दर्शकको चाहनालाई पनि उत्तिकै प्राथमिकतामा दिँदै आएको यस यात्राले थप पुष्टि गर्नेछ । यो पाला प्रस्तुत हुने यी चार स्थानमध्ये म्याग्दीको बेनीबाहेक सबै ठाउँमा ब्यान्ड पहिलो पटक उपस्थित हुन लागेको हो । कन्सर्टलाई लिएर त्यस भेगका बासिन्दाले सामाजिक सञ्जालमा चर्चा गर्न थालिसकेका छन् । आफूलाई विभिन्न माध्यमबाट सन्देश पठाइरहने यी स्थानका दर्शकसामु उभिन आतुर रहेको नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ बताउँछन् । ‘मैले गाउँघर डुलेरै नेपाल चिनेको हुँ । यस्ता बस्तीहरूबाटै हाम्रा गीतहरू सङ्कलन गरिएका हुन्,’ उनी भन्छन्, ‘त्यसमाथि यस्ता बस्तीहरूमा प्रस्तुत हुँदा दर्शकबाट मैले अन्यत्रभन्दा बढी आत्मीयता अनुभव गर्दै आएको छु ।’ नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ ब्यान्डलाई विश्वकै सुविधासम्पन्न सहरदेखि साना बस्तीसम्म उस्तै स्वादमा प्रस्तुत गर्ने चुनौतीलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउँछन् । उनी भन्छन्, ‘कलाकारबाहेक प्राविधिकदेखि व्यवस्थापन सम्मको हाम्रो ठूलो टिमले त्यो स्तर कायम राख्नेछ ।’ नेपथ्यको यस यात्रामा आठवटा ट्रक र चारवटा प्यासेन्जर गाडी गरेर झन्डै सय जनाको टिम साथसाथै रहनेछ । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् । यो यात्रापछि नेपथ्यले अस्ट्रेलियाको गर्दै छ । डिसेम्बर महिनामा ब्यान्ड एडिलेड, सिड्नी र पर्थ सहरमा प्रस्तुत हुने कार्यतालिका सार्वजनिक भइसकेको छ । यी सबै कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, पाँच विषयमा सुधार गर्न सुझाव
Latest NewsJust now

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, पाँच विषयमा सुधार गर्न सुझाव

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधार गर्नुपर्ने सरोकारवालाहरूले औंल्याएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउले सोमबार संयुक्त रूपमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा विधेयकका विभिन्न प्रावधान अपुरो रहेको भन्दै पाँच विषयमा संशोधनका लागि सुझाव प्रस्तुत गरिएको हो । कार्यक्रममा यौन हिंसासम्बन्धी वकालत पत्र प्रस्तुत गर्दै एफडब्लुएलडीकी अधिवक्ता ...

हिमालय टाइम्स
सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको आरोप
Latest NewsJust now

सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन् । उनले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानूनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको ...

टक्सार
सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
Latest NewsJust now

सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन […] ...

लोकपथ
नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल
Latest NewsJust now

नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल

काठमाडौं।नेपालका लागि नव नियुक्त भारतीय राजदूत नवीन श्रीधर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने उपायबारे पनि दुवै पक्षबीच विचार आदानप्रदान ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play