Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेपाल–स्विट्जरल्यान्ड व्यापार सम्बन्ध विस्तार गर्न पहिलोपटक नेपाली होरेका टोली स्विट्जरल्यान्डमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–स्विट्जरल्यान्ड व्यापार सम्बन्ध विस्तार गर्न पहिलोपटक नेपाली होरेका टोली स्विट्जरल्यान्डमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल र स्विट्जरल्यान्डबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धलाई व्यापारिक सहकार्यमा रूपान्तरण गर्ने उद्देश्यसहित पहिलोपटक नेपाली होरेका (होटल, रेस्टुरेन्ट तथा क्याफे) मिसन स्विट्जरल्यान्ड पुगेको छ । नेपाल स्विस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (एनएससीसीआई) को आयोजनामा तथा नेपालस्थित स्विट्जरल्यान्डको दूतावास र स्विस नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा आयोजित ‘नेपाली होरेका मिसन टु स्विट्जरल्यान्ड २०२६’ मा नेपालबाट १४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । प्रतिनिधिमण्डलले स्विट्जरल्यान्डमा आतिथ्य सेवा, पर्यटन, नवप्रवर्तन, दिगोपन र सेवा क्षेत्रको विकाससँग सम्बन्धित विभिन्न व्यावसायिक तथा संस्थागत भेटघाट गरेको थियो । भ्रमणको उद्देश्य दुई देशका व्यवसायीबीच सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, लगानीका सम्भावना पहिचान र दीर्घकालीन व्यावसायिक साझेदारीका अवसर खोज्नु रहेको थियो । मिसनअन्तर्गत प्रतिनिधिमण्डलले नोभेम्बर १६ र १७ मा लुगानोको भ्रमण गरेको थियो । सो क्रममा लुगानो मेयरको कार्यालय, टिसिनो टुरिजम एन्ड कन्भेन्सन ब्युरो, होटेलरीस्विस, केएएम फर सुड एसोसिएसन तथा प्युरेस्ट र ब्लुएक्टका प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरिएको थियो । छलफलमा स्विट्जरल्यान्डको पर्यटन तथा आतिथ्य क्षेत्रको अभ्यास, दिगो विकासका पहल र नेपालसँग हुन सक्ने सहकार्यका सम्भावनाबारे जानकारी आदानप्रदान भएको थियो । त्यसपछि नोभेम्बर १९ मा ज्युरिखमा आयोजित ‘स्विस नेपाल बिजनेस कनेक्ट २०२६’ मा नेपाली प्रतिनिधिमण्डल सहभागी भएको थियो । स्विट्जरल्यान्ड ग्लोबल इन्टरप्राइज र स्विस नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको कार्यक्रममा ८० भन्दा बढी सहभागीको उपस्थिति थियो । नेपाल–स्विट्जरल्यान्ड कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रमले दुवै देशका कूटनीतिज्ञ, व्यवसायी, उद्यमी तथा उद्योग क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा जोडेको थियो । कार्यक्रममा डिजिटल तथा नवप्रवर्तन र दिगो पर्यटनलाई मुख्य विषय बनाइएको थियो । नेपालको डिजिटल अर्थतन्त्र, उदीयमान प्रविधि, आतिथ्य सेवा, हिमाली पर्यटन तथा व्यावसायिक शिक्षामा रहेका सम्भावनाबारे छलफल गरिएको थियो । कार्यक्रममा लुका डेजियोभानिनीको संस्थागत स्वागत, नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत ड्यानियल मेउवलीको भिडियो सन्देश तथा स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीको मन्तव्य समावेश थियो । त्यस्तै, टिजियानो लाविजारी, दीप्ति शर्मा, तेज बी. र खेम आर.लकाईले विभिन्न सत्रमा प्रस्तुति तथा छलफल गरेका थिए । निश्चल विक्रम थापा, राधिका बिष्ट र क्षितिज ए. ले नेपाली व्यवसाय, प्रविधि र आतिथ्य क्षेत्रमा रहेका अवसर तथा सम्भावना प्रस्तुत गरेका थिए । यो मिसनले नेपाली उद्यम तथा व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने, स्विस व्यवसायीसँग सहकार्यको आधार तयार गर्ने र दुई देशबीच लगानी तथा ज्ञान आदानप्रदानका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साढे ८७ लाख सहयोगमा बन्यो थारु संस्कृति तथा पर्यटन केन्द्र
Latest NewsJust now

साढे ८७ लाख सहयोगमा बन्यो थारु संस्कृति तथा पर्यटन केन्द्र

महोत्तरी । थारु समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण गरिएको छ... ...

रातोपाटी
विराटनगरका ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक फेरिँदै, दरखास्त माग
Latest NewsJust now

विराटनगरका ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक फेरिँदै, दरखास्त माग

विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित ४७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक फेर्ने प्रक्रिया सुरु गरेको छ।  रिक्त तथा पदावधि सकिन एक महिनाभन्दा कम अवधि बाँकी रहेका प्रधानाध्यापकहरूको नियुक्ति प्रक्रियाका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त माग गरेको हो। शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै नगर शिक्षा समितिको २०८३ असोज १९ गतेको निर्... ...

नेपालखबर
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटबलमा  मधेश प्रदेशको विजयी सुरुवात
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटबलमा मधेश प्रदेशको विजयी सुरुवात

• मधेश प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। • खेलको निर्णायक गोल मधेशका विकास दर्लामीले दोस्रो हाफको ५६औं मिनेटमा गरेका थिए। • मंगलबार नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। ...

नेपालबहस
कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत लाग्नेलाई राजीनामा दिन सभापति थापाको सुझाव [भिडियो]
Latest NewsJust now

कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत लाग्नेलाई राजीनामा दिन सभापति थापाको सुझाव [भिडियो]

उनले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिहरूलाई पद ओगटेर नबस्न सुझाव दिएका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement