Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेपाल–युरोप आर्थिक सहकार्य विस्तारमा उद्योगमन्त्री साहको जोड, युरोपेली राजदूतसँग छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–युरोप आर्थिक सहकार्य विस्तारमा उद्योगमन्त्री साहको जोड, युरोपेली राजदूतसँग छलफल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपक कुमार साह र नेपालका लागि युरोपेली राजदूतबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र युरोपबीचको द्विपक्षीय व्यापारिक सम्बन्ध विस्तार, नेपाली उत्पादनको निर्यात प्रवर्द्धन तथा युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच बढाउने विषयमा विस्तृत छलफल भएको छ। विशेषगरी नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, निर्यातका नयाँ सम्भावनाहरूको पहिचान, वैदेशिक लगानी आकर्षण तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो। मन्त्री साहले नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नेपाली वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न तथा युरोपेली बजारमा पहुँच विस्तार गर्नुपर्ने विषयमा जोड दिएका छन् । नेपालको उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने, व्यापारिक अवसर विस्तार गर्ने र वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्यसहित युरोपसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भेटवार्ता केन्द्रित रहेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
संसद्‌कै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा अमेरिकी सांसदले दिए राजीनामा
Latest NewsJust now

संसद्‌कै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा अमेरिकी सांसदले दिए राजीनामा

काठमाडौं । यौन दुर्व्यवहारसम्बन्धी आरोपमा छानबिन समितिले विश्वसनीय प्रमाण फेला पारेपछि अमेरिकी सांसद जिमी गोमेजले संसद् सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद गोमेजले आगामी डिसेम्बर १ देखि लागू हुने गरी राजीनामा दिने बताएका हुन् । अमेरिकी प्रतिनिधिसभाको नैतिकता समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उनले संसद्कै एक महिला कर्मचारीमाथि अनिच्छित यौन प्रस्ताव र दुर्व्यवहार गरेको विश्वसनीय ...

केन्द्रबिन्दु
अमेरिकासँगको वार्तामा इरानको अडान कायमै : सात सर्त पूरा नभएसम्म छलफल नहुने
Latest NewsJust now

अमेरिकासँगको वार्तामा इरानको अडान कायमै : सात सर्त पूरा नभएसम्म छलफल नहुने

तेहरान । इरानका मुख्य वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकासँगको वार्ताका विषयमा इरानको अडान नबदलिएको दोहोर्‍याउँदै अमेरिकी धम्की र अपमानलाई ‘अमेरिकी हतासाको सङ्केत’ को संज्ञा दिएका छन् । इस्लामिक रिभोलुसनरी... ...

रातोपाटी
चलचित्र कानुनलाई बदलिँदो समयअनुसार संशोधन गर्न सांसदको जोड
Latest NewsJust now

चलचित्र कानुनलाई बदलिँदो समयअनुसार संशोधन गर्न सांसदको जोड

सांसदहरूले चलचित्र विधेयक, २०८१ लाई बदलिँदो समयअनुसार, संशोधन गर्नुपर्नेमा जोड दिएका छन्। संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसदहरूले चलचित्र सेन्सर, वर्गीकरण, अभिव्यक्ति स्वतन्त्रता, लैंगिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व, चलचित्र विकास बोर्डको स्वायत्तता र संघ, प्रदेश तथा स्थानीय तहको अधिकार बाँडफाँटलगायत विषयमा संशोधन तथा सुझ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement