काठमाडौं । नेपालबाट अमेरिकामा माछा फिस हुक (मार्ने काँटी) निर्यात हुँदै आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्ममा नेपालले ७ लाख ९ हजार रुपैयाँ बराबरको १६ केजी माछा मार्ने काँटी अमेरिकामा निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालबाट १२ लाख ६९ हजार रुपैयाँ बराबरको १५ केजी काँटी निर्यात भएको थियो । यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्यात परिमाण एक केजीले बढेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा नेपालबाट अमेरिकामा ५० लाख ३० हजार रुपैयाँ बराबरको ३४ केजी काँटी निर्यात भएको तथ्यांकले देखाएको छ । थोरै परिमाणमा निर्यात भए पनि माछा मार्ने काँटीको निर्यात मूल्य उल्लेख्य देखिएको छ । यसले नेपालबाट साना तथा विशिष्ट प्रकृतिका सामग्रीसमेत अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको देखाउँछ ।
नेपालमा उत्पादन भएको ‘फिस हुक’ अमेरिकी बजारमा, वर्षेनी बढ्दैछ माग

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




.jpg)

