Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत व्यापारलाई नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ -चेम्बर अध्यक्ष अग्रवाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत व्यापारलाई नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ -चेम्बर अध्यक्ष अग्रवाल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि उठाउँदै रणनीतिक, लगानीमा आधारित तथा उत्पादनमुखी आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताएका छन् । नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई)द्वारा आयोजित ‘इन्डिया–नेपाल बिजनेस फोरम’ कार्यक्रममा धारणा राख्दै अध्यक्ष अग्रवालले नेपाल र भारत भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, संस्कृति, विश्वास तथा साझा आर्थिक आकांक्षाले जोडिएका स्वाभाविक आर्थिक साझेदार रहेको बताए । उनले नेपाल र भारतले एकअर्कालाई केवल बजारका रूपमा नभई उत्पादन, नवप्रवर्तन, लगानी, प्रविधि हस्तान्तरण र साझा समृद्धिका साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे । दुई देशबीच लामो समयदेखि कायम आर्थिक सम्बन्धका बाबजुद व्यापार, लगानी र औद्योगिक सहकार्यका क्षेत्रमा पर्याप्त सम्भावना अझै उपयोग हुन नसकेको उनले उल्लेख गरे । अग्रवालले नेपाल–भारत आर्थिक साझेदारीलाई थप प्रभावकारी बनाउन व्यापार सहजीकरण तथा बजार पहुँच, लगानी तथा औद्योगिक सहकार्य, ऊर्जा तथा कनेक्टिभिटी, प्रविधि तथा डिजिटल अर्थतन्त्र र पर्यटन, कृषि एवं साना तथा मझौला उद्यमलाई प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गरे । उनका अनुसार नेपाल र भारतबीचको व्यापारलाई सहज बनाउन गैरभन्सार अवरोध न्यूनीकरण, भन्सार प्रक्रियाको सरलीकरण, सीमावर्ती नाकामा हुने ढिलाइको समाधान, मापदण्डको सामञ्जस्यता तथा व्यापार नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता आवश्यक छ । सीमापार व्यापारलाई समय, लागत र प्रतिस्पर्धात्मक क्षमताका हिसाबले प्रभावकारी बनाउनु दुवै देशको साझा प्राथमिकता हुनुपर्ने उनले बताए । नेपालमा जलविद्युत्, कृषि, उत्पादनमूलक उद्योग, सूचना प्रविधि, पूर्वाधार, स्वास्थ्य सेवा तथा खनिजमा आधारित उद्योगलगायत क्षेत्रमा लगानीका सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानीकर्ताले संयुक्त लगानी, प्रविधि हस्तान्तरण, मूल्य शृंखला एकीकरण तथा दीर्घकालीन पूँजी लगानीमार्फत नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने अग्रवालले बताए । ऊर्जा सहकार्यलाई द्विपक्षीय आर्थिक सम्बन्धको महत्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिँदै उनले विद्युत् व्यापार विस्तार, सीमापार प्रसारण पूर्वाधार विकास तथा ऊर्जा उपयोग गर्ने उद्योगहरूमा लगानी प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । त्यस्तै, डिजिटल अर्थतन्त्र र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न कृत्रिम बुद्धिमत्ता (एआई), फिनटेक, डिजिटल भुक्तानी, सूचना प्रविधि स्टार्टअप, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानलाई द्विपक्षीय साझेदारीको हिस्सा बनाउनुपर्ने उनले बताए । पर्यटन, कृषि आधुनिकीकरण, खाद्य प्रशोधन तथा सूक्ष्म, साना र मझौला उद्यमबीचको सम्बन्ध सुदृढीकरणमा पनि नेपाल–भारत सहकार्यको ठूलो सम्भावना रहेको अग्रवालको भनाइ थियो । एकीकृत पर्यटन मार्ग, सीमापार पर्यटन लगानी, कृषि उत्पादनको आधुनिकीकरण र खाद्य प्रशोधन उद्योगको विकासले रोजगारी सिर्जना तथा समावेशी आर्थिक वृद्धि प्रवद्र्धन गर्न सक्ने उनले उल्लेख गरे । निजी क्षेत्रका प्रतिनिधिका रूपमा संवाद र घोषणामा मात्रै सीमित नभई ठोस साझेदारी, मापनयोग्य उपलब्धि तथा कार्यान्वयनयोग्य प्रतिबद्धतामा जोड दिनुपर्ने अध्यक्ष अग्रवालले बताए । यस्तो साझेदारीले दुवै देशका युवाका लागि रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने, महिला नेतृत्वका उद्यमलाई सशक्त बनाउने तथा साना र मझौला व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राख्नुपर्ने उनले धारणा राखे । नेपाल र भारतको आर्थिक भविष्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै अग्रवालले सरकार, निजी क्षेत्र, लगानीकर्ता तथा व्यावसायिक संस्थाबीच निरन्तर सहकार्य, विश्वास र साझा प्रयासबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका अवसरमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद लगायतको उपस्थिति रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
न्युजिल्यान्डको अर्थतन्त्रमा सुधारका सङ्केत, मुद्रास्फीतिको चुनौती कायमै
Latest NewsJust now

न्युजिल्यान्डको अर्थतन्त्रमा सुधारका सङ्केत, मुद्रास्फीतिको चुनौती कायमै

न्युजिल्यान्ड । न्युजिल्यान्डमा आर्थिक गतिविधि क्रमशः सुधार हुने संकेत देखिएसँगै व्यावसायिक क्षेत्रको विश्वास बढ्न थालेको छ । यद्यपि, समग्र आर्थिक पुनरुत्थान अझै कमजोर र चुनौतीपूर्ण अवस्थामा रहेको एक सर्वेक्षणले देखाएको... ...

रातोपाटी
इलामको विकास र समृद्धिका लागि सबै पुस्ताबीच सहकार्य आवश्यक : निश्कल राई
Latest NewsJust now

इलामको विकास र समृद्धिका लागि सबै पुस्ताबीच सहकार्य आवश्यक : निश्कल राई

• नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको विकास र समृद्धिका लागि सबै पुस्ताबीच सहकार्यको आवश्यकता औंल्याए। • लेखक खेमराज नेपालद्वारा लिखित ‘इलामको नालीबेली’ पुस्तकले इलामको इतिहास, संस्कृति र सामाजिक विकासलाई उजागर गर्दै महत्त्वपूर्ण दस्तावेजको रूपमा प्रस्तुत गरिएको छ। • इलाम नगरपालिकाका प्रमुख केदार थापाले पुस्तकलाई सार्वजनिक सम्पत्ति मान्दै इलामको पहिचान र विकासमा योगदान दिने महत्त्वपूर्ण स्रोतको रूपमा लिएको बताए। ...

नेपालबहस
ट्याक्टरबाट लडेर १४ वर्षीय बालकको मृत्यु
Latest NewsJust now

ट्याक्टरबाट लडेर १४ वर्षीय बालकको मृत्यु

विजयकुमार साहढल्केबर, मङ्सिर ८ गते । धनुषामा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२, सराबेस्थित हुलाकी सडकखण्डमा मङ्गलबार दिउँसो ट्याक्टरबाट लडेर हँसपु... ...

गोरखापत्र
ओमोडा जेइकूद्वारा एनपीएल -३ काे सहकार्य सफलतापूर्वक सम्पन्न
Latest NewsJust now

ओमोडा जेइकूद्वारा एनपीएल -३ काे सहकार्य सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपालको तीव्र गतिमा लोकप्रियता हासिल गरिरहेको अटोमोबाइल ब्रान्ड ओमोडा जेइकूले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा ‘पावर्ड बाई’ प्रायोजक तथा ‘अफिसियल फोर-ह्वीलर पार्टनर’ का रूपमा आफ्नो सहकार्य सफलतापूर्वक सम्पन्न गरेको छ। यस सहकार्यले नेपाली खेलकुद, क्रिकेट तथा उदाउँदो खेल प्रतिभालाई प्रोत्साहन गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement