Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको आधिकारिक जिम्मेवारी पाएपछि विपक्षी नेता गादी आइजेनकोटले यस विषयमा बोलेका छन्। बीबीसी फारसीका अनुसार आइजेनकोटले भनेका छन्, ‘म वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका अति-दक्षिणपन्थी सहयोगीमध्ये एकसँग मिलेर सरकारमा सामेल हुन सहमत छु, तर सरकार मेरो नेतृत्वमा गठन हुनुपर्नेछ।’ उनले नेतन्याहुको नेतृत्वमा रहेको लिकुड पार्टी र अति-दक्षिणपन्थी अर्थमन्त्री बेत्जालेल स्मोट्रिचको नेतृत्वमा रहेको धार्मिक जायनिस्ट पार्टीलाई नयाँ सरकारमा समावेश गर्न तयार रहेको बताएका हुन्। उनले अगाडि भने, ‘यदि लिकुड र धार्मिक जायनिस्ट पार्टीका सदस्यहरूले राष्ट्रपतिले भनेझैँ अब एकताको समय हो भन्ने कुरामा साँच्चै विश्वास गर्छन् भने म मेरो नेतृत्वमा र मैले स्थापित गरेका सिद्धान्तमा आधारित सरकार गठनमा सहमत नहुनुको कुनै कारण देख्दिनँ।’ उनले इजरायलको लोकतन्त्रले यसको इतिहासको सबैभन्दा कमजोर अवधिमध्ये एकको सामना गरिरहेको पनि बताए। इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनका लागि आइजेनकोटलाई शनिबार नै अनुमति दिइसकेका छन्। आइजेनकोटलाई सरकार गठन गर्न ६ हप्ताको समय हुनेछ। यस अवधिमा उनले अन्य दलसँग मिलेर संसद्‌मा बहुमत प्रमाणित गर्नुपर्नेछ। सरकार गठन गर्न ६१ सांसदको समर्थन चाहिन्छ। गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ। प्रधानमन्त्री बेन्जामिन नेतुन्याहुलाई केवल ४६ सांसदको समर्थन छ, जुन बहुमतभन्दा धेरै कम हो। त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका दिएनन्। ६ दलले गरे आइजेनकोटको नाम प्रस्ताव आइजेनकोटलाई चार यहुदी दल र दुई अरब दलसहित ६ पार्टीका ६७ सांसदको समर्थन छ। चार यहुदी दलसँग कुल ४८ सिट छन् भने दुई अरब दलसँग १९ सिट छन्। सबैभन्दा ठुलो चुनौती के हो भने यी ६ पार्टीमध्ये ३ यहुदी दल अरब दलसँग मिलेर सरकार बनाउन इच्छुक छैनन्। आइजेनकोटले पनि चुनावअघि अरब दललाई सरकारमा समावेश गर्न अस्वीकार गरेका थिए। यद्यपि अरब दलहरूले नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटलाई समर्थन गरिएको बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बिरामी बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु
Latest NewsJust now

बिरामी बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु

काठमाण्डु – दैलेखमा बिरामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । […] ...

काठमाण्डुपाटी
उत्पादन बढेपछि फूलको मूल्य घट्यो
Latest NewsJust now

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

सुनसरी । यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ। तर आपूर्ति पर्याप्त भएपछि मूल्य भने घटेको छ। गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारी घाटामा परेका छन्। विगत तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आउनुभएका धरान–१५ ...

केन्द्रबिन्दु
बैंकिङ अनियमितता प्रकरणमा पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा छापा
Latest NewsJust now

बैंकिङ अनियमितता प्रकरणमा पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा छापा

पाराग्वेको बैंकिङ सङ्कट र आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्वराष्ट्रपति सान्टियागो पेनाको घरमा छापा मारेको छ । युएनो बैंकको पतनसँग जोडिएको यस प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध आपराधिक अभियोगसमेत लगाइएको छ... ...

रातोपाटी
राष्ट्रपतिद्वारा गाईको पूजा
Latest NewsJust now

राष्ट्रपतिद्वारा गाईको पूजा

काठमाडौँ, कात्तिक २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका दिन गाईको पूजा गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play