Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान
Photo / Coverage: केन्द्रबिन्दु

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा विसं २०७२ मा क्रिकेट मैदान निर्माण सुरु भए पनि अझै पूरा हुन सकेको छैन । महेन्द्रनगरबाट राष्ट्रियस्तरमा चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरीदेखि दर्जनभन्दा बढी खेलाडी उत्पादन भए पनि खेलाडीले अझै यहाँ खेल पूर्वाधार भने पाउन नसकेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए । एक वर्षभित्र निर्माण पूरा गर्नुपर्ने क्रिकेट मैदान रकम अभावकै कारण एक दशकपार गर्दा पनि बन्न नसकेको उनले बताए । “निर्माण थालिए यता विभिन्न समयमा गरेर रु डेढ लाख बजेट आए पनि मैदानमा माटो भरानमै सकियो ।” अध्यक्ष चन्दले भने, “यो पटक भने राष्ट्रिय खेलकुद परिषद्ले रु तीन करोड बजेट विनियोजन गरेर ठेक्का आह्वानको प्रक्रियामा छ ।” दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, भीम सार्की, सन्दी पजोरा लगायतका खेलाडीहरुको गृहनगर महेन्द्रनगरमा खेल संरचना बन्ने आशामा वर्षौ कुर्नुपरेको छ । “तीन करोडको ठेक्का भएर काम थालेपछि अर्को वर्षदेखि नै हाम्रो खेलाडीले क्रिकेट मैदानमा खेल्न र प्रतियोगिता सञ्चालन गर्न सक्ने हुन्छ”, अध्यक्ष चन्दले भने, “क्रिकेट मैदानका लागि जिल्ला खेलकुद समितिको गुरुयोजनाअनुसार नै अघि बढेका छौँ ।” उनले निर्माणाधीन क्रिकेट मैदानको जमिनमा माटो भरानमै रकम खर्च भएको बताए । “बजेट आएको भए उहिल्यै मैदान बनिसक्थ्यो ।” चन्दले भने, “कञ्चनपुरसँगै सुदूरपश्चिममै क्रिकेटको गतिलो पूर्वाधार नरहेको अवस्था छ ।” पछिल्लो समय क्रिकेट प्रतिको आकर्षण बढिरहेका बेला सङ्घ र प्रदेश सरकारले त्यसमा लगानी गर्नुपर्ने जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहको भनाइ छ । “जारी एनपीएलमा कञ्चनपुरका मात्रै १३ जना खेलाडी विभिन्न टिमबाट खेल्दै छन्”, अध्यक्ष सिंहले भने, “हरेक राष्ट्रिय तथा क्रिकेट संस्करणमा हाम्रा खेलाडीको उपस्थितिले कञ्चनपुर क्रिकेटको प्रतिभावान् खेलाडी जन्माउने जिल्लाका रुपमा परिचित छ भन्ने देखाउँछ ।” उहाँले कञ्चनपुरमा क्रिकेटलगायत खेल पूर्वाधार निर्माणमा राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । “प्रदेश सरकारको लगानीमा बहुउद्देश्यीय कर्वडहल पनि बन्दै छ ।” सिंहले भने, “बृहत छैटौँ राष्ट्रिय खेलकुद हुँदा यहाँ क्रिकेट पिचबाहेक क्रिकेट खेलका अरु संरचना बन्न सकेनन् ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गृहमन्त्रीविरुद्ध भ्रम फैलाएको आरोपमा नेकपाका नेता पक्राउ
Latest NewsJust now

गृहमन्त्रीविरुद्ध भ्रम फैलाएको आरोपमा नेकपाका नेता पक्राउ

‘गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन’ शीर्षक राखेर आइतबार भ्रामक भिडियो सामाजिक सञ्जालमा राखेका गोविन्द अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । ...

कान्तिपुर
युवतीलाई बन्धक बनाएर यौनधन्दा, अदालत पुग्यो मुद्दा !
Latest NewsJust now

युवतीलाई बन्धक बनाएर यौनधन्दा, अदालत पुग्यो मुद्दा !

विराटनगर । दुई सोझा युवतीहरूलाई ‘होटलमा राम्रो कमाइ हुने काम लगाइदिने’ प्रलोभन देखाएर एउटा बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको घटना सार्वजनिक भएको छ । विराटनगर महानगरपालिका वडा नं. १३ स्थित मलयो रोड... ...

रातोपाटी
पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य
Latest NewsJust now

पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो। उसका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे। लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले ...

नेपालन्युज
एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान
Latest NewsJust now

एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान

लगातार दुई परीक्षा सत्रमा दुई फरक विषयमा विश्वका उत्कृष्ट १० भित्र पर्न सफल सहाराले यसपटक ट्याक्सेसनमा तेस्रो स्थान हासिल गरेकी हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play