Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

निजी क्षेत्रका लागि कानुन संशोधन

Share:WhatsAppFacebookX (Twitter)Telegram
निजी क्षेत्रका लागि कानुन संशोधन
Photo / Coverage: हिमालय टाइम्स

निजी क्षेत्रमा कतिपय कामका लागि कानुन कानुनी अड्चन खडा भएको हुँदा त्यस्ता कामहरू समयमा हुन नसकेको अवस्था विद्यमान छ । यस्तो समस्याग्रस्त अवस्था हटाउनका लागि सरकारले ६४ वटा कानुन संशोधनको प्रस्ताव गरेको छ । निश्चय पनि कानुनी राज्यमा विभिन्न कामहरू गर्दा कानुनको सहारा लिनुपर्छ । कानुनले तोकेको व्यवस्था अनुसार गर्नुपर्छ र कानुनले निषेध गरेका अथवा रोक्का गरेका अवस्था त्यस्ता कामहरू जबरजस्ती गर्न मिल्दैन । यसैगरी कानुनले बाधा नपुर्‍याएका कामहरूका लागि विभिन्न बहाना बनाएर सम्बन्धित अधिकारीले अड्चन सिर्जना गर्न पनि मिल्दैन । देशमा एकैपटक हजारौं कानुनहरूको विद्यमानता रहन्छ र कतिपय कानुनहरू निष्क्रिय अवस्थामा रहेका हुन्छन् । तिनको त्यति धेरै प्रयोग हुने गर्दैन । कतिपय अवस्थामा विद्यमान कानुनहरूलाई आकर्षित गरेर नै दैनिक काम गर्नु परिरहेको हुन्छ तर समय सन्दर्भ अनुसार त्यस्ता कानुनहरू असान्दर्भिक बन्दै जान्छन् । त्यस्तो अवस्थामा ती कानुनहरूमा संशोधन भइरहनुपर्छ । कानुनहरू परिवर्तनीय हुन्छन् । तिनलाई समय सन्दर्भ अनुसार परिवर्तन गर्दै जानुपर्छ । संविधान पनि परिवर्तनीय हुन्छ संविधानलाई पनि समय सन्दर्भ अनुसार परिवर्तन गर्न आवश्यक हुन्छ तर संविधानका केही धाराहरू भने अपरिवर्तनीय पनि हुनसक्छन् । हिजोका कानुन आजका सन्दर्भमा असान्दर्भिक जस्ता लाग्न सक्छन् । यस्तो अवस्थामा कानुन परिवर्तन गर्नुपर्ने हुन्छ तर यसको परिवर्तन गर्ने एउटा प्रक्रिया हुन्छ । उक्त प्रक्रिया अनुसार परिवर्तन गर्दै जानुपर्छ । कानुन बनाउने निकाय संसद् हो । व्यवस्थापिका संसद्मा विधेयक ल्याएर त्यसमाथि सदस्यहरूले दफावार छलफल गरी पारित गरेर राष्ट्रप्रमुखबाट सदर भएपछि त्यो ऐन बन्छ । ऐनका मातहतमा रहेर नियमावली बनाउन सकिन्छ र विभिन्न निकायले आफूलाई आवश्यक पर्ने गरी ऐन र नियमावलीको बर्खिलाप नहुने गरी विनियमहरू पनि बनाउन सक्छन् । हालका दिनहरूमा उद्योग तथा व्यवसाय सञ्चालन गर्न निजी क्षेत्रहरूले विभिन्न प्रकारका कानुनी अड्चनहरू व्यहोर्दै आउनुपरेको र यी जटिलता, प्रशासनिक झन्झट र नियामक अवरोध हटाउनका लागि कानुनमा परिवर्तन अथवा संशोधन आवश्य देखिएकाले सरकारले यही समस्यालाई दृष्टिगत गरी एकैपटक ६४ वटा कानुन संशोधनको प्रस्ताव गरेको छ । यसरी सरकारले पुराना ऐन कानुनहरूमा संशोधन गरी तिनलाई समय सन्दर्भ अनुसार व्यवस्था गर्न र विभिन्न निकायका कामका लागि अवरोध नहुने खालको परिस्थिति सिर्जना गर्नका लागि गरेको प्रयास अनुचित होइन । आर्थिक मेरुदण्ड मानिने निजी क्षेत्रका व्यवसायहरूमा सधैं कानुनी झमेला सिर्जना गरी उनीहरूलाई निरुत्साहित गर्नु, समयमा काम नहुनु आर्थिक मेरुदण्डमा प्रहार मानिन्छ । यसो भएकाखण्डमा उनीहरूबाट राज्यले पाउने करको मात्रा घट्न पुग्छ र अन्ततः देशलाई नै घाटा भइरहेको हुन्छ । त्यसकारण व्यवसायीहरूलाई सहज वातावरण सिर्जना गरी उनीहरूले चाहेको व्यवसायमा अवरोध नपुर्‍याई सरकारलाई र व्यवसायी दुबैलाई लाभ हुनेगरी काम गर्न सहज हुने वातावरण सिर्जना गर्नु आवश्यक छ । यसका लागि निष्क्रिय रहेका र काममा अवरोध सिर्जना गर्ने खालका कानुनहरू संशोधन हुनु समयसन्दर्भ अनुसारको काम मानिन्छ । यसो भन्दैमा व्यवसायीलाई एकतर्फी लाभ हुने र राज्यलाई फाइदा नहुने अवस्था पनि सिर्जना गर्नु हुँदैन । कानुन संशोधन गर्नु उपयुक्त भए पनि कानुन परिमार्जनको बाटो भने सर्वस्वीकार्य हुनु आवश्यक छ । किनभने, वर्तमान सरकारलाई अहिले लगभग दुईतिहाइ बहुमत प्राप्त छ । संघीय संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटी रूपमा पूर्णबहुमत प्राप्त गरेको छ र सोही पार्टीको सरकार बनेको छ । यस्तो अवस्थामा सरकारका काम कारबाहीमा बहुमत नपुगेका कारणले अवरोध सिर्जना हुने अवस्था छैन । आवश्यक कानुनहरू धमाधम ल्याउँदै तिनलाई दफावार रूपमा छलफल गरेर पारित गर्दै राष्ट्रपतिबाट स्वीकृत गराएर लागू गर्न सरकारलाई कुनै अप्ठ्यारो अवस्था छैन तर सरकारले संसदमा विधेयकहरू नल्याई संसद् नचलेको बेलामा अध्यादेशमार्फत यस्ता कानुनहरूको संशोधन प्रस्ताव ल्याउने गर्नाले प्रक्रियागत अस्वभाविकता भने सिर्जना भएको छ । यसो हुँदा सरकारको गलत मनसाय र अन्य दलहरूलाई अवज्ञा गरेको ठानिँदैछ किनभने संसदमा विधेयक ल्याएर त्यसका माध्यमबाट कानुन बनाउने हो भने त्यसमा अन्य प्रतिपक्षी दलहरू पनि संलग्न हुन पाउने थिए र उनीहरूको समेत राय सुझाव त्यसमा समावेश हुन पाउने थियो । अध्यादेश संसद् नचलेको बेलामा तर कानुनको आवश्यकता परेको अवस्थामा सरकारले ल्याउने र राष्ट्रप्रमुखबाट स्वीकृत गरी लागू गर्ने अस्थायी कानुन हो । यो छ महिनाका लागि लागू हुन्छ र छ महिनाभित्र त्यसलाई संसद्बाट अनुमोदन गर्नुपर्ने हुन्छ । संसदबाट त्यो अनुमोदन हुनसकेन भने त्यो स्वतः निष्क्रिय हुन्छ । संसद्मा आफ्नो बहुमत नहुँदा र विधेयक पारित हुन नसक्ने अवस्था हुँदा पूर्ववर्ती सरकारहरूले अध्यादेशका माध्यमबाट कानुन बनाई काम गर्ने बाटो खुला गर्थे तर अहिलेको सरकारले यस्तो गर्नुपर्ने अवस्था छैन तैपनि सरकार धेरैजसो काम अध्यादेशका माध्यमबाट गर्न खोजिरहेको छ । नयाँका नाममा कानुन, विधि आदिको वेवास्ता गर्ने प्रचलनले स्थापित शासकीय अनुशासनको पर्खाल ढिलो चाँडो भत्किने निश्चित छ । शासनलाई जिम्मेदार बनाउन निर्मित विधि विधानहरूको औचित्य समाप्त पार्ने काम सरकारले त गर्नै हुँदैन । दुईतिहाइ नजीकको सरकारसँग रहेको सुविधाजनक अवस्थाले कुनै पनि विधेयक प्रस्तुत गर्न, पारित गर्न थप सुहज गराइरहेको छ । तर संसद् र संसदीय सहज मार्गलाई छल्दै अध्यादेशको सहारामा कानुन ल्याउनुले स्थायित्वको सन्देश दिइरहेको छैन, दिँदैन । अहिले ६४ वटा कानुन संशोधनको प्रस्ताव ल्याई निजी क्षेत्रका समस्याहरू सुल्झाउन र तिनीहरूलाई काम गर्ने सहज वातावरण सिर्जना गर्नेगरी यसो गर्न लागिएको कार्य उचित भए पनि पुनः अध्यादेशकै बाटो अपनाउनाले भने यो स्वार्थप्रेरित ढंगले आकर्षित हुने हो कि भन्ने सन्देह रहेकै छ । अर्थमन्त्रीले आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक परेको कारण पुराना कानुनहरूलाई खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउन कानुन सुधार गर्ने प्रयास भएको बताउनुभएको छ । कानुनी व्यवस्था कायम गरी कानुनी बाटोबाट नै काम गर्नु स्वाभाविक हुन आउँछ, त्यसलाई अन्यथा मान्नु हुँदैन तर काम गर्ने प्रक्रियामा भने पारदर्शिता, स्वाभाविकता र इमानदारिता हुनु जरुरी हुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मिठो बोली, नसालु खानेकुरापछि लुटपाट
Latest NewsJust now

मिठो बोली, नसालु खानेकुरापछि लुटपाट

काभ्रेपलाञ्चोक, मङ्सिर १० गते । कसैले आत्मीयतापूर्वक बोलाउने, चिनजानको बहाना खोज्ने अनि कुराकानीकै क्रममा खानेकुरा खान दिन्छ । विश्वास गरेर खाएको त्यही खानेकुराले केहीबेरमै शरीर शि... ...

गोरखापत्र
प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा
Latest NewsJust now

प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

बागलुङ । गण्डकी प्रदेश सरकारले बागलुङका २४२ ग्रामीण सडक एकैसाथ स्तरोन्नति सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई समेटेर राष्ट्रिय राजमार्ग तथा कालोपत्रे सडकसँग जोडिने ग्रामीण सडकको स्तरोन्नति... ...

रातोपाटी
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
Latest NewsJust now

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एक दिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति स्वदेश आइपुगेको हो । एसिया... ...

रातोपाटी
अघि बढ्ने भयो घट्टेखोला–देउराली–खानीगाउँ सडक
Latest NewsJust now

अघि बढ्ने भयो घट्टेखोला–देउराली–खानीगाउँ सडक

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित घट्टेखोला–देउराली–खानीगाउँ सडक निर्माणलाई गति दिन सम्बद्ध पक्ष सहमत भएका छन् । एसियाली विकास बैङ्क (एडिबी) को रु ३० करोड १८ लाख लगानीमा निर्माण भइरहेको उक्त... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement