Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

Share:WhatsAppFacebookX (Twitter)Telegram
निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल
Photo / Coverage: केन्द्रबिन्दु

ललितपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निजामती सेवाप्रतिको जनविश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेको बताएकी छिन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा उनले कर्मचारीतन्त्रमा देखिएको चलखेल र सेवाप्रवाहमा हुने ढिलासुस्ती लगायतका विकृति अन्त्य गरिने दृढता व्यक्त गररिन् । निजामती कर्मचारीको गुमेको जनविश्वास फर्काउने कानुन विपरीतका काम नगर्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै मन्त्री रावलले राज्यले खटाइएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह तथा विकास निर्माण प्रभावित भइरहेको बताइन् । मन्त्री रावलले भनिन्, “राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ, त्यो विकृति हटाउने गरी संसद्मा विद्येयक दर्ता गरिएको छ, संसद् सुरु हुने बित्तिकै छलफलमा आउँछ, निजामती सेवाका नवप्रवेशीले यस सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी पुरा गर्नुपर्छ ।” निजामती ऐन आउन ढिलाइ हुनुमा कर्मचारीतन्त्रभित्रकै कतिपय प्रवृत्ति र प्रक्रियागत कमजोरी जिम्मेवार रहेको बताउँदै उहाँले यो सेवामा प्रवेश गर्नेलाई परम्परागत गलत अभ्यास त्याग्ने सन्दर्भमा उच्च तहका कर्मचारीबाटै सुरु गरिनुपर्ने धारणा राखिन् । कानुन विपरीतका काम गर्न दबाब आए त्यसलाई अस्वीकार गर्न सक्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले कानुनसम्मत रूपमा काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट गरिन् । उनले भनिन्, “राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ । त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुन विपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ ।” उनले सार्वजनिक सेवामा सामान्य कामसमेत पुरा गर्न सेवाग्राहीले लामो समय कुर्नु, बिचौलियाको सहारा लिन र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्थाले नागरिकमा निरासा बढाएकाले त्यस्तो प्रवृत्ति अन्त्य हुन पर्नेमा जोड दिइन् । मन्त्री रावलले राज्यबाट जनतालाई प्रदान गरिने सेवा सुविधा छिटो, छरितो र प्रभावकारी रुपमा उपलब्ध गराउने काम कर्मचारीको मुख्य दायित्व भएको बताइन् । उनले सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, निष्पक्ष र परिणाममुखी बनाउन सरकार र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले नयाँ पुस्ताका कर्मचारीले सेवामा प्रवेश गर्दाको उत्साह, इमानदारी र देशप्रतिको जिम्मेवारीलाई निरन्तर कायम राख्दै निजामती सेवाप्रति नागरिकको विश्वास पुनःस्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गररिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तल्लो अरुण जलविद्युत आयोजना नयाँदिल्लीबाट भर्चुअल शिलान्यास, पुखुवामा जनप्रतिनिधिको उपस्थितिमा शिलालेख अनावरण
Latest NewsJust now

तल्लो अरुण जलविद्युत आयोजना नयाँदिल्लीबाट भर्चुअल शिलान्यास, पुखुवामा जनप्रतिनिधिको उपस्थितिमा शिलालेख अनावरण

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट आयोजनाको भर्चुअल रूपमा शिलान्यास गरेपछि पुखुवामा शिलालेख अनावरण गरिएको हो। ...

कान्तिपुर
अवैध उत्खनन रोक्न खानी प्रवेशद्वारमै परिमाण मापन प्रविधि जडान गर्न विज्ञको सुझाव
Latest NewsJust now

अवैध उत्खनन रोक्न खानी प्रवेशद्वारमै परिमाण मापन प्रविधि जडान गर्न विज्ञको सुझाव

खानी तथा भूगर्भ विभागको संरचना प्रदेश र स्थानीय तहसम्म विस्तार गर्न विज्ञहरूले सुझाव दिएका छन्। ...

हाम्राकुरा
प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट
Latest NewsJust now

प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

नयाँ दिल्ली (भारत), मङ्सिर ७ गते । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको छ ।भारतीय समकक्षी नरे... ...

गोरखापत्र
फुलकन्ट्याक्ट करातेका स्वर्ण विजेतालाई ६० हजार पुरस्कार
Latest NewsJust now

फुलकन्ट्याक्ट करातेका स्वर्ण विजेतालाई ६० हजार पुरस्कार

दसौं राष्ट्रिय खेलकुदमा सहभागी फुलकन्ट्याक्ट करातेका सबै खेलाडीले पाँच हजार रुपैयाँ पोषण खर्च र टी–सर्ट पाउनेछन् भने पदक विजेताले थप पुरस्कार पाउनेछन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement