Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आए पनि व्यवस्थित हुन नसकिरहेको गुनासो, व्यवस्थित गर्न के गरिँदै छ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आए पनि व्यवस्थित हुन नसकिरहेको गुनासो, व्यवस्थित गर्न के गरिँदै छ?
Photo / Coverage: बीबीसी नेपाली

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गमा टोल रकम भुक्तानीलाई थप सहज र छिटो बनाउन आरएफआईडी (रेडियो-फ्रिक्वेन्सी आइडेन्टिफिकेसन)मा आधारित ट्यागमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागिएको उक्त आयोजनाका आयोजना प्रमुखले बताएका छन्।सुरुङमार्ग सञ्चालनमा आएर टोल दस्तुर सङ्कलन गर्न थालिए पनि त्यहाँबाट आवतजावत गर्ने सवारीसाधनमा खासगरी व्यस्त समयमा अस्तव्यस्तता देखिएको भन्दै सामाजिक सञ्जालहरूमा मानिसहरूले गुनासो गरिरहेका बेला आयोजना प्रमुखले यस्तो बताएका हुन्।ओभरलोड र सुस्त गतिमा गुड्ने सवारीसाधनका कारण अन्य सवारीसाधनले तोकिएको गतिमा यात्रा गर्न नसकेका कारण पनि समस्या देखिएको अधिकारीहरूले बताएका छन्।साउनको दोस्रो साता औपचारिक उद्घाटन भएर सञ्चालनमा आएको उक्त सुरुङमार्गमा टोल दस्तुर तिरेर यात्रा गर्न पाउने नियम गत कात्तिक १५ गतेबाट सुरु गरिएको हो। नागढुङ्गा सुरुङमार्ग यसरी सञ्चालनमा आउँदै छनागढुङ्गा सुरुङ परियोजनामा ढिलाइ हुँदा कति नोक्सान भइरहेको छ समस्या बढ्दै गए अहिले आपत्कालीन अवस्थाका लागि बनाइएको सानो सुरुङलाई बिस्तार गर्नुपर्ने हुन सक्ने सुरुङ विज्ञ श्रीराम न्यौपाने बताउँछन्।दैनिक करिब ४२ सय देखि ९०० सम्म सङ्ख्यामा सवारीसाधनहरू आवतजावत भएको र दैनिक साढे तीन लाखदेखि करिब १५ लाख रुपैयाँसम्म शुल्क उठेको बताइएको छ। शनिवारसम्म करिब १४ दिनमा १ करोड ५१ लाख रुपैयाँ जम्मा भएको आयोजनाले जनाएको हो।अहिले देखिएका समस्या कस्ता छन्? अहिले सुरुङ मार्गमा गुड्ने सवारी साधनमा देखिएका समस्या समाधानका लागि ओभरलोड जाँच तथा सवारीसाधनको अवस्था परीक्षण गर्ने तयारी भइरहेको आयोजना प्रमुख सौजन्य नेपालले बताएका छन्।साथै सवारीसाधनबाट अत्यधिक प्रदूषण हुने समस्या पनि देखिएकाले सुरुङ मार्ग बाहिर धुवाँ परीक्षण गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए।"गाडी बिग्रिएमा १० मिनेटभित्रै टोइङ मिसिनले तानेर बाहिर निकाल्ने व्यवस्था छ, उपकरण र अपरेटरहरू २४ सै घण्टा तम्तयार छन्," आयोजना प्रमुख नेपालले भने।"टोल रकम भुक्तानीलाई थप सहज र छिटो बनाउन आरएफआईडी (रेडियो-फ्रिक्वेन्सी आइडेन्टिफिकेशन)मा आधारित ट्यागमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मंसिरभित्रै सुरु गर्ने तयारी छ।"त्यसका लागि विभिन्न ८ वटा ब्याङ्कमार्फत् ट्याग प्राप्त गर्न सकिने तथा र विभिन्न डिजिटल वालेटबाट सिधै रकम रिचार्ज गर्न मिल्ने व्यवस्था गरिएको उनले बताए।"अहिले म्यानुअल टोल सङ्कलन गर्दा प्रति सवारीसाधन करिब १५-२५ सेकेन्ड लागिरहेकोमा आरएफआईडी प्रणाली सञ्चालनमा आएपछि करिब ५-६ सेकेन्डमा झर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताएका हुन्," उनले भने।"नेपालमै पहिलो पटक यस प्रकारको प्रणाली सुरु गर्न लागिएको हो। हालको म्यानुअल टोल सङ्कलन प्रणालीलाई समेत सकेसम्म पारदर्शी र व्यवस्थित बनाउने प्रयास गरिएको छ।" 'इन्धन बचतका लागि' नागढुङ्गा सुरुङमार्ग अस्थायी सञ्चालनमा ल्याउने उपाय कति व्यावहारिकनागढुङ्गा सुरुङ परियोजनामा ढिलाइ हुँदा कति नोक्सान भइरहेको छ टोल दस्तुरबाट उठेको रकमको व्यवस्थापन कसरी गरिन्छ?करिब २७ सय मिटर लामो उक्त सुरुङ भएर राजधानी प्रवेश गर्ने प्रत्येक कार र भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने सरकारले निर्णय गरेको थियो।त्यस्तै काठमाण्डू आउँदा प्रत्येक मिनिबस र मिनिट्रकलाई ११५ रुपैयाँ र फर्कँदा ८० रुपैयाँ तोकिएको छ।बस तथा ट्रकले भने काठमाण्डू छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ।भारी उपकरणका सवारीसाधनको हकमा अलि महँगो दस्तुर तोकिएको छ। त्यस्ता सवारीसाधनले काठमाण्डू आउँदा ६०० रुपैयाँ र फर्कँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्ने हुन्छ।टोल दस्तुरमार्फत् उठेको रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुन्छ र त्यो रकम सडक मर्मत सम्भारमा प्रयोग हुने अधिकारीहरूले बताएका छन्।सुरुङ मार्गको सञ्चालन र व्यवस्थापनको लागि युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन (युसिन-एआरटी जेभी) जोइन्ट भेन्चर्सलाई जिम्मा दिइएको थियो।उसले सुरक्षा व्यवस्थापन, टोल सङ्कलन, ट्राफिक र अनुगमन, मर्मतलगायत सबै काम गर्छ।यो सुरुङमार्ग निर्माणका लागि करिब ३० अर्ब रुपैयाँ खर्च हुने देखिएको र उक्त खर्च रकम उठाउन उनको अनुमानमा करिब २० वर्ष लाग्ने सुरुङ विज्ञ श्रीराम न्यौपाने बताउँछन्।"इन्धनको लागत खर्चदेखि लिएर सबै अप्रत्यक्ष खर्च हिसाब गर्दा २० वर्षमा साँवा ब्याज उठ्छ," न्यौपानेले भने।नेपालजस्तो अर्थतन्त्र भएको देशमा १५ देखि २० वर्षभित्र साँवाब्याज नउठ्ने हो भने त्यो आर्थिक पक्षबाट बनाउन उपयुक्त नहुने उनी ठान्छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डेमोक्र्याटको लहर : राजनीतिक रूपान्तरण कि साम्राज्यवादको नयाँ ब्रान्डिङ?
Latest NewsJust now

डेमोक्र्याटको लहर : राजनीतिक रूपान्तरण कि साम्राज्यवादको नयाँ ब्रान्डिङ?

एक नागरिक र अध्येताका रूपमा मेरो अनुसन्धान, वकालत र नैतिक धरातल प्यालेस्टाइन, इरान, यमन र समग्र पश्चिम एसियाली जनताका पक्षमा न्याय र शान्ति खोज्न समर्पित रहँदै आएको छ। त्यसैले, भर्खरै सम्पन्न... ...

रातोपाटी
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरियो छठ
Latest NewsJust now

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ। गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्। यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार स... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play