Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नवनियुक्त आईजीपी केसी भन्छन्- ‘प्रहरी देख्दा नागरिकले डर होइन, भरोसा महसुस गरून्’

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवनियुक्त आईजीपी केसी भन्छन्- ‘प्रहरी देख्दा नागरिकले डर होइन, भरोसा महसुस गरून्’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीलाई नागरिकले डर होइन, भरोसाका रूपमा महसुस गर्ने संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उनले प्रहरीको दर्ज्यानी चिह्न एउटा फुली मात्र नभई नेपाल राज्य, नेपाली जनता र सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीले राखेको भरोसाको प्रतीक भएको बताए। उनले निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठन निर्माणमा पुर्‍याएको योगदानको सम्मान गर्दै उनीहरूले बसालेको जग र स्थापित गरेका मूल्यमान्यतालाई आफ्नो कार्यकालको यात्राको आधार बनाउने बताए। राष्ट्र सेवामा सर्वोच्च बलिदान दिने अमर प्रहरी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभ र कर्तव्यपालनका क्रममा बेपत्ता भएकाहरूको खोजीका लागि कामना गरे। आईजीपी केसीले अहिले नेपाल प्रहरीसामु डिजिटल अपराध, साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डीपफेक र भ्रामक सूचनाजस्ता नयाँ चुनौती रहेको बताए। त्यस्तै, लागुऔषध, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, खुला सीमानाको दुरुपयोग र वैदेशिक रोजगारीसँग जोडिएका संगठित तथा अन्तरदेशीय अपराध नियन्त्रण पनि प्रहरीका प्रमुख चुनौती भएको उनको भनाइ छ। उनले २०८२ भदौको जेनजी आन्दोलनलगायत पछिल्ला घटनाक्रमले नेपाल प्रहरी र नागरिकबीचको सम्बन्ध तथा बल प्रयोगको मर्यादाबारे महत्वपूर्ण पाठ सिकाएको उल्लेख गरे। जनविश्वास पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले संघ, प्रदेश र स्थानीय तहबीच शान्ति सुरक्षाका विषयमा प्रभावकारी समन्वय गर्नुपर्ने बताए। बाढी, पहिरो, भूकम्प र आगलागीजस्ता विपद्को जोखिम बढ्दै गएको भन्दै उनले खोज, उद्धार र राहतमा प्रहरीको क्षमता सुदृढ बनाउनुपर्नेमा जोड दिए। बाह्य चुनौतीसँगै स्रोतसाधन तथा भवनको अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र प्रहरी कर्मचारीको मानसिक स्वास्थ्यजस्ता आन्तरिक समस्यालाई पनि सम्बोधन गर्नुपर्ने उनले बताए। यी चुनौतीलाई समस्याका रूपमा मात्र नभई संगठन रूपान्तरणको अवसरका रूपमा लिएको उनको भनाइ छ। सशस्त्र द्वन्द्व, २०७२ को भूकम्प, कोभिड–१९ महामारी र अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपाल प्रहरीले आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै उनले जनशक्तिलाई थप विशिष्टीकृत र मनोबलयुक्त बनाउनुपर्ने बताए। आधारभूत तहका प्रहरी कर्मचारी, विशेषगरी प्रहरी जवान र हवल्दारका गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने उनले प्रतिबद्धता जनाए। प्रहरी कर्मचारीका समस्या र गुनासा सुन्न तत्काल एउटा संयन्त्र सुरु गरिने र त्यसलाई प्रहरी महानिरीक्षकको सचिवालयमा प्राथमिकताका साथ सञ्चालन गरिने उनले बताए। सरुवा, बढुवालगायतका विषयमा देखिएका गुनासालाई पनि सम्बोधन गरिने उनको भनाइ छ। जुनियर प्रहरी अधिकृतका गुनासा सुन्नुका साथै उनीहरूलाई पेशागत रूपमा विशिष्टीकृत बनाउनुपर्ने र वरिष्ठ प्रहरी अधिकृतलाई फिल्ड कमान्डमा प्रभावकारी तथा जवाफदेही बनाउनुपर्ने उनले बताए। यसका लागि गृह मन्त्रालयको अभिभावकीय भूमिकामा संगठनले थप योजना अघि बढाउने उनको भनाइ छ। आधुनिक प्रहरी सेवाको सबैभन्दा महत्वपूर्ण सम्पत्ति नागरिकसँगको सम्बन्ध भएको उल्लेख गर्दै उनले नेपाल सरकारसँग आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता उपलब्ध गराउन आग्रह गरे। राजनीतिक दलहरूलाई प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न सहयोग गर्न र सञ्चार जगतलाई प्रहरीका कमजोरीसँगै राम्रा कामलाई पनि स्थान दिन उनले आग्रह गरे। आफ्नो कार्यकालमा संविधान र कानुनप्रति अविचलित रहने, नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरि राख्ने तथा संगठनको मर्यादा र निष्पक्षतामा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो कार्यकालको मूल्यांकन आफूले के पाएँ भन्नेभन्दा पनि नेपाली जनतालाई के दिन सकेँ भन्ने आधारमा हुनुपर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली
Latest NewsJust now

नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नातिलाई सपिङ गराउन भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट पुगेका छन्। पार्टी कार्यालयबाट फर्किने क्रममा ओली आज दिउँसो नातिसहित भाटभटेनी पुगेका हुन्। आकस्मिक पुगेका... ...

रातोपाटी
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व
Latest NewsJust now

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको हो । ...

कान्तिपुर
बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु
Latest NewsJust now

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु

म्याग्दी। म्याग्दीको बेनीमा रु दुई लाख २२ हजार २२२ पुरस्कार राशिको चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । बौद्ध युवा क्लबको आयोजनामा बेनीस्थित खुलामञ्च खेलमैदानमा पाँच दिनसम्म... ...

रातोपाटी
आईजीपीबाट हटाएपछि दानबहादुर कार्कीका तीन विकल्प
Latest NewsJust now

आईजीपीबाट हटाएपछि दानबहादुर कार्कीका तीन विकल्प

सरकारले एक वर्ष नपुग्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएको छ। कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउँदै प्रहरी प्रमुखको जिम्मेवारी मनोजकुमार केसीलाई दिएको छ।  गृहमन्त्री सुधन गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन्। बुधबार साँझै दर्ज्यानी चिह्न लगाएलगत्तै नवनियुक्त आईजीपी केसीले बदबहाली गरिसकेका छन्।  प्रधानमन्त्री वा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play