काठमाडौं । भारतीय स्टार क्रिकेटर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज चेन्नाई सुपर किंग्समा नयाँ भूमिकामा देखिने भएका छन् । चेन्नाईले धोनीलाई टिमको मेन्टरमा नियुक्त गर्ने जनाएको हो । “चेन्नाईले धोनीलाई टिमको मेन्टर नियुक्त गरेको छ । टिमलाई अनगिन्ती जित दिलाएका उनको योगदानलाई टिमले सधैँ कदर गर्नेछ । धोनी सुरुआतदेखि नै टिमका मुख्य खेलाडीको रूपमा छन्,” चेन्नाईले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ । धोनीले यस सिजन खेल्ने कि नखेल्ने सन् २०२६ देखि नै शंकको घेरामा थियो । भारतीय सञ्चारमाध्यम द इकोनोमिक टाइम्सले सन् २०२५ को अगष्ट ११ मा प्रकाशन गरेको लेख अनुसार एक कार्यक्रममा उनलाई एक समर्थकले आईपीएलको आगामी सिजनमा सहभागी हुने कि नहुने भनेर सोध्दा उनले, “मलाई थहा छैन” भन्ने उत्तर दिएका थिए । खुट्टामा चोट लागेपछि उनले सन् २०२६ को आईपीएल पनि खेलेनन् । यसपछि सन् २०२७ को आईपीलमा पनि धोनी हुनेछन् या छैनन् भन्ने अन्योल सिर्जना भएको थियो । जुन आज चेन्नाईको उक्त पोष्टबाट स्पष्ट भएको छ । यस सिजन अब उनी क्रिजमा होइन बाहिर बसेर खेलाडीहरूलाई सिकाइरहनेछन् । धोनी सन् २००८ देखि चेन्नाईमा आबद्ध छन् । उनले चेन्नाईबाट सन् २०१४ र २०१५ बाहेक हालसम्म सबै सिजन खेलेका छन् । उक्त दुई सिजनमा उनले राइजिङ पुने सुपरजायन्ट्सबाट खेलेका थिए । उनले सन् २०१०, सन् २०११, सन् २०१८, सन् २०२१ र सन् २०२३ को सिजन जितेका थिए । उनले आईपीएलमा हालसम्म कुल पाँच हजार ४३९ रन बनाएका छन् । सन् २०२३ को सिजन उनको करियरको उत्कृष्ट सिजन मानिन्छ । उनले आफ्नै कप्तानीमा चेन्नाईलाई उपाधि जिताएका थिए । धोनीको कप्तानीमा चेन्नाईले गुजरात टाइटान्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।
धोनी चेन्नाईको टिम मेन्टरमा नियुक्त

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






