Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

धनतेरससँगै सुरु भयो तिहार, कुन दिन के–के पर्व ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
धनतेरससँगै सुरु भयो तिहार, कुन दिन के–के पर्व ?
Photo / Coverage: पर्दाफास

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ। यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने र पूजा गर्ने परम्परा छ। धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक विश्वास छ। यही परम्पराअनुसार बजारमा धनतेरसका लागि सुनचाँदीका गरगहना तथा विभिन्न धातुका सामग्रीको किनमेल हुने गर्छ। धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ। राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयबाट बिहीबारदेखि सुरु भएको सिक्का बिक्री आज पनि जारी रहनेछ। चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइँदै छ। पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो। आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ। त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ। मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने चलनसमेत छ। यस दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किन्ने परम्परा पनि रहेको छ। यसरी धनतेरससँगै सुरु हुने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइपूजासहित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गरिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?
OthersJust now

महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?

कन्यादानका नाममा भाँचिएको कुशको टुक्रासँगै अर्काको गोत्रमा पठाइने र सम्बन्धविच्छेद भएको वर्षौँपछि पनि गोत्र कै नाममा अपमानित हुनुपर्ने धार्मिक–सामाजिक जकडबन्दी कहिलेसम्म ? ...

अनलाइन खबर
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
OthersJust now

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी ...

पर्दाफास
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
OthersJust now

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

हुम्लामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो। ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play