Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

धनकुटाको सहिदभूमिमा कात्तिक २८ र मंसिर १३ र १४ गते सार्वजनिक बिदा

Share:WhatsAppFacebookX (Twitter)Telegram
धनकुटाको सहिदभूमिमा कात्तिक २८ र मंसिर १३ र १४ गते सार्वजनिक बिदा
Photo / Coverage: केन्द्रबिन्दु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद स्मृति दिवस र स्थानीय मौलिक पर्व बाडाङ्मीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले कात्तिक २८ गते शनिबार सहिद स्मृति दिवस तथा मंसिर १३ र १४ गते बाडाङ्मी पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । । विसं २०३६ सालमा तत्कालीन खोकु, छिन्ताङ र आँखिसल्लामा भएको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय सहिदहरुको स्मृति दिवसका अवसरमा कात्तिक २८ गते बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, सहिदभूमि गाउँपालिकाको आँखिसल्ला, खोकु र छिन्ताङ क्षेत्रमा बसोबास गर्ने राई समुदायले विशेष रुपमा मनाउने मौलिक पर्व बाडाङ्मीको अवसरमा मंसिर १३ गते र १४ गते पनि स्थानीय बिदा दिइने भएको छ । गाउँपालिकाले विदा दिएका दिन गाउँपालिका सहित वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र सरकारी तथा गैरसरकारी संघसंस्थामा बिदा हुनेछ । सहिदभूमि गाउँपालिका ऐतिहासिक सहिदहरुको बलिदान र राई समुदायको मौलिक संस्कृति तथा परम्परासँग जोडिएको क्षेत्र हो । गाउँपालिकाले सहिदहरुको योगदानको सम्मान र स्थानीय मौलिक पर्वको संरक्षणका लागि हरेक वर्ष यस्ता अवसरमा बिदा दिंदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
Latest NewsJust now

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७ सय मेगावाट हुने अनुमान गरेको छ। प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को पर्याप्त उपलब्ध गराउने जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तिहारको लक्ष्मीपूजाको दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताए। यस अवधिमा विद्युत् उत्पादन करिब दुई हजार ५ सय मेगावाट हुने प्रक्षेपण गरिएको छ। उनले ...

नेपालन्युज
दुई देश, एउटै गाउँ : जहाँ सीमाले भूमि बाँड्यो, मन होइन
Latest NewsJust now

दुई देश, एउटै गाउँ : जहाँ सीमाले भूमि बाँड्यो, मन होइन

दशगज्जामै सीमास्तम्भ र घरआँगन रहे पनि दुवै देशका गाउँले अर्मपर्म, विवाह र चाडपर्वमार्फत पुस्तौंदेखि भाइचारा जोगाइरहेका छन्। ...

कान्तिपुर
गगनको प्रश्नसँग तिलमिलाइरहेको बालेन सत्ता
Latest NewsJust now

गगनको प्रश्नसँग तिलमिलाइरहेको बालेन सत्ता

राजनीतिक दर्शनशास्त्री अलेक्सी दे तोकभिलले सन् १८३५ मा प्रकाशित पुस्तक ‘डेमोक्रेसी इन अमेरिका’ मा लेखेका छन्, ‘जब लोकतान्त्रिक सरकारले नागरिकमा नियन्त्रण कायम गर्न थाल्छ र नागरिक अधिकारका सीमा तोक्न थाल्छ... ...

रातोपाटी
एलआरआर ग्रुपद्वारा धनतेरसको अवसरमा स्काईवेलसहित २६ युनिट गाडी हस्तान्तरण
Latest NewsJust now

एलआरआर ग्रुपद्वारा धनतेरसको अवसरमा स्काईवेलसहित २६ युनिट गाडी हस्तान्तरण

काठमाडौं । एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात गर्ने विभिन्न ब्राण्डका २६ युनिट विद्युतीय गाडी ईभी ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले धनतेरसको अवसर पारेर स्काईवेल, जीली र बिएडब्ल्यू ईभी ग्राहकलाई हस्तान्तरण गरेको हो । एलआरआर ग्रुपका अनुसार स्काईवेलका १० युनिट ईभी शुक्रबार एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको छ । यसैगरी, बिएडब्लयू ई७ प्रो ८ युनिट पनि शुक्रबारै हस्तान्तरण गरिएको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play