Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

दोहोरिँदै इतिहास

Share:WhatsAppFacebookX (Twitter)Telegram
दोहोरिँदै इतिहास
Photo / Coverage: हिमालय टाइम्स

भनिन्छ समान अवस्था लिएर इतिहास फर्कँदैन । तर समान परिघटनाको पुनरावृत्ति भइरहेको हुन्छ । इतिहासमा भएका कमीकमजोरी, अनियमितता, भ्रष्टाचार, बिचौलियाहरूको दबदबा, नातावाद, कृपावादको पुनरावृत्ति वर्तमान सरकारका पालामा इतिहासका त्यस्ता घटनाहरूको निरन्तर पुनरावृत्ति हुँदै आएको छ । यस क्रममा पछिल्लो समयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा स्थानान्तरण गरी उक्त पद खाली गराएर त्यस ठाउँमा डा.मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरिएको छ । बाहिर हेर्दा यतिमात्रै कुरा देखिन आएको छ तर यससँग जोडिएका अनेकौं विषय छन् । दानबहादुर कार्की विगतको चर्चा अनुसार सरकार अथवा प्रधानमन्त्रीद्वारा नरुचाइएका पात्र हुनुहुन्थ्यो । उहाँले ‘आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ’ बोलको गीत लेखेर गायक कलाकारलाई गाउन लगाउनुभएको थियो । राष्ट्रवादी अथवा राष्ट्रिय गीतका रूपमा रहेको उहाँको यो गीत सुरुमै प्रचारमा नल्याउन उहाँलाई दबाब दिएको थियो भन्ने नसुनिएको होइन । तर उहाँले त्यसलाई स्वीकार गर्नुभएन । उहाँको गीत अहिले पनि बजिरहेको छ । पछिल्लो समयमा उहाँका समयमा पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने, हिरासतमा राख्नेलगायत कामहरू गर्नुभयो । तैपनि उहाँकै निर्देशन हो कि होइन त्यो पनि स्पष्ट छैन । इतिहासमै पत्रकारलाई यसरी समाचार कक्षबाटै पक्राउ गरी हिरासतमा राख्ने काम गरिएको थिएन । बाहिर शालीन र भद्र देखिने व्यक्तित्व कार्की वास्तवमा प्रहरी प्रशासनभित्रको एकजना कठोर महानिरीक्षकका रूपमा देखिनुभएको थियो । यस सरकारले नियन्त्रण गर्न नसकेको बिचौलियाको सक्रियता र न्यायालयलगायत सबै क्षेत्रका अनियमिततालाई नियन्त्रण गर्ने प्रयासमा महानिरीक्षक दानबहादुर कार्कीको सक्रियता देखिएको थियो । यसै क्रममा अन्तिममा इनम सापकोटा नामका युवक सबै क्षेत्रमा बिचौलियाको भूमिका निर्वाह गरी ती क्षेत्रहरूलाई बिथोल्ने र बदनाम गर्ने काममा सक्रिय भएको सार्वजनिक भएको छ । उनलाई प्रहरीले पक्राउ गर्‍यो र अहिले उनी हिरासतमा छन् । त्यसपछि उनले विभिन्न क्षेत्रको आर्थिक चलखेल र अनियमितता अनि आफ्नो भूमिकाका बारेमा प्रहरीसँगको बयानमा बताएका छन् । यस क्रममा प्रधानमन्त्रीका सल्लाहकारहरूसम्म पनि उनको संलग्नता जोडिन जाने सम्भावना देखियो र सापकोटाको मोबाइल प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको हातमा पुगेको र उहाँले उहाँहरू दुईबीच भएका केही संवादहरू डिलिट गर्नुभएको भन्ने चर्चा अहिले चलिरहेको छ । यस्ता सूचनाहरू संकलन र सम्भवतः लिक गरेको वहानाका कारण दानबहादुर कार्की सरकारले नरुचाएका प्रहरीमा निरीक्षकमा पर्नुभएको थियो । यसकारण अस्ति बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा सरुवा गरेको भनेर सरकारका प्रवक्ता सस्मित पोखरलले बताउनुभएको थियो । उहाँले पार्टीसंको सल्लाहमै महानिरीक्षक परिवर्तन गरिएको स्पष्ट गर्नुभएको थियो । तर प्रशासनका विज्ञहरूले प्रहरी महानिरीक्षकको सरुवा अरू कुनै ठाउँमा नहुने र ती फरक फरक जिम्मेवारी हुन् भनेर बताउनुभएको छ । सोही दिनको मन्त्रिपरिषद्को बैठकले डा.मनोज केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । सोही दिन गृहमन्त्री सुधन गुरुङले उहाँलाई दर्ज्यानी चिह्नले सुशोभित गरिसक्नुभएको छ । सरकारले १७ महिना समय बाँकी हुँदा नै प्रहरिमहानिरीक्षक कार्कीलाई पदबाट हटाएको भनेर आफूलाई आक्षेप लाग्ने हुँदा आक्षेपबाट जोगिन यसो गरी सरकार जोगिएको छ । त्यसकारणले उहाँलाई पदबाट नहटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको जस्तो देखाएको हो । इतिहासमा केही सरकारले यस्ता कदमहरू चालेका थिए । त्यसको निरूपण कानुनी प्रक्रियाबाटै भयो र अहिले त्यो नजिर दानबहादुर कार्कीका हकमा पनि नदोहोरिएला भन्ने छैन । अदालतबाट भोलिका दिनहरूमा यसको न्यायिक निरूपण होला । व्यक्तिगत रूपमा को सक्षम र को असक्षम भनेर तुलना गर्नु उपयुक्त हुँदैन । डा.मनोज केसी पनि प्रहरी महानिरीक्षकका लागि उपयुक्त पात्र हुनुहुन्छ । उहाँको अध्ययन, उहाँले गरेका अनुसन्धानात्मक कार्यहरू आदिबाट उहाँ सो पदका लागि उपयुक्त पात्र हुनुहुन्छ भन्ने देखिन्छ तर प्रक्रिया सही हो या गलत हो भन्ने कुरा चाहिँ प्रश्न उठाउनु सकिने कुरा हो । अहिले सरकारले चालेको कदमको चौतर्फी रूपमा विरोध भइरहेको छ । दानबहादुर कार्कीको म्याद करिब डेढ वर्ष बाँकी हुँदा नै अचानक कार्कीलाई सो पदबाट हटाएर त्यस ठाउँमा अर्को व्यक्ति ल्याएको सन्दर्भको मात्र विरोध हो । सरकारमा कतिपय अवस्थामा राज्य सञ्चालनमा अनुभव नभएका कारणले हुनसक्छ ऊ चुकिरहेको छ । एकातिर सरकारका प्रवक्ताले दानबहादुर कार्कीलाई पदबाट हटाएको होइन, जिम्मेवारी हेरफेर गरेको मात्र हो भन्नुभएको छ । यसो गर्न पार्टीले नै निर्देशन दिएको उहाँले बताउनुभयो भने अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् सत्तारूढ दलका प्रवक्ता जगदीश खरेलले भने पार्टीले सरकारलाई यसरी निर्देशन गरेको छैन भन्नुभएको छ । पार्टीले कसैलाई पदबाट हटाउन र कसैलाई पदमा राख्नका लागि कुनै पनि प्रकारको निर्देशन नदिएको उहाँले सार्वजनिक गर्नुभएको छ । यसबाट पार्टी आफ्नै ढंगले र सरकार पनि आफ्नै ढंगले चलेका हुन् कि भन्ने देखिन आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरूले सरकारको कदमको विरोध गरिरहेका छन् । नवनियुक्त प्रहरी महानिरीक्षक डा.केसीले आफ्ना केही प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । यो स्वाभाविक हो । जो व्यक्तिले आफू कुनै पदीय जिम्मेवारीमा जानासाथ केही कामहरूको प्रतिबद्धता व्यक्त गर्ने परम्परा नै हो । यसलाई अन्यथा भन्न मिल्दैन तर उहाँले व्यक्त गरेका प्रतिबद्धता भोलिका दिनमा पूरा हुँदै जानुपर्छ । नागरिकले व्यक्तिका बारेमा कुनै टिप्पणी गर्दैनन् किनभने जो व्यक्ति जुन पदमा आवोस् नागरिकलाई त्यसले फरक पार्दैन तर फरक त्यसबेला पर्छ जब व्यक्ति असल आचरणको हो कि होइन र उसले राम्रो काम गर्छ वा गर्दैन भन्ने अवस्था सिर्जना हुन्छ । त्यसरी त्यस्ता पदमा निर्वाचित वा नियुक्त भएका व्यक्तिहरू पूर्वाग्रही हुनुहुँदैन, उहाँहरू सक्षम हुनुपर्छ र निष्कलंक चरित्रको हुनुपर्छ । अनियमितता र भ्रष्टाचारमा लिप्त हुनुहुँदैन । स्वच्छ छविका व्यक्तिलाई कसैले पनि आलोचना गर्दैन । त्यसकारण सरकारले चालेको हालको यो कदम उचित हो अथवा गलत भनेर भोलिका दिनमा उहाँहरूले गरेका कामबाट त्यसको मूल्यांकन हुनेछ र सरकारले उस कार्यमा बद्नियतपूर्ण दृष्टिकोण राखेको रहेछ भने भोलि त्यसको सार्वजनिक रूपमा प्रकटीकरण पनि हुने नै छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ
Latest NewsJust now

यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ

रुपन्देही समाचारदाता रुपन्देही, कात्तिक २० गते । गाडी भाडाको विषयमा झगडा गरी यात्रुलाई कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ परेका छन् । बुटवलको बसपार्कमा भाडाबारे विवाद हुँदा यात्... ...

गोरखापत्र
साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत
Latest NewsJust now

साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

काठमाडौं । बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । बिहीबार नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले पनि विजयी सुरुआत गरेको हो । बंगलादेशका प्रशिक्षक थोमस डुलीको टोलीलाई भुटानले खेलभर दबाबमा राखेको थियो । खेलको ६४औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मोहम्मद इब्राहिमले पाँच मिनेटभित्रै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । जयान ...

केन्द्रबिन्दु
चाडपर्वलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू
Latest NewsJust now

चाडपर्वलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू

काठमाडौँ, कात्तिक २० गते । नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।चाडपर्वका... ...

गोरखापत्र
गृहमन्त्री सुधन गुरुङको जिल्लामा नुन किलोकै २०० रुपैयाँ
Latest NewsJust now

गृहमन्त्री सुधन गुरुङको जिल्लामा नुन किलोकै २०० रुपैयाँ

गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play