काठमाडौँ । प्रतिकूल मौसमका कारण काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण गरेको छ। ९एन–एओजी कलसाइन भएको उक्त जहाज सुर्खेतको आकाशमा केहीबेर फन्को मारेपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालगञ्जमा अवतरण गरेको जहाज पुनः सुर्खेतका लागि उडेको छ। उक्त जहाजमा नेपाली कांग्रेसको देउवा समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. प्रकाशशरण महतलगायत सवार थिए।
देउवा समूहका नेता सवार जहाज डाइभर्ट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






