काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले मल्ललाई अध्यक्षमा मनोनीत गरेका हुन्। कात्तिक १२ गतेको निर्णयअनुसार अध्यक्षको जिम्मेवारी पाएकी मल्ललाई आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्न भनिएको छ। कांग्रेसका स्थापित मूल्य र मान्यतालाई आत्मसात् गर्दै संगठनलाई थप मजबुत बनाउने जिम्मेवारीसमेत उनलाई दिइएको छ। मल्ल यसअघि नेविसंघका पूर्वअध्यक्ष दुजाङ शेर्पा नेतृत्वको केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिइन्।
देउवा पक्षले बनायो श्रृजना मल्ललाई नेविसंघ अध्यक्ष

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





.jpeg)
