काठमाडौं । दूधको मूल्यवृद्धि तथा दुग्ध उत्पादक किसान पून प्रदर्शनमा उत्रिने तयारीमा रहेको छन् । दूधको मूल्य तथा किसानका विभिन्न समस्या समाधानका लागि पटक–पटक सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएपछि चितवनका दुग्ध उत्पादक किसान फेरि आन्दोलनमा उत्रिने तयारीमा जुटेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालेले बताएका छन् । दूध उत्पादनको लागत बढ्दै गए पनि त्यसअनुसार दूधको मूल्य नपाएको, उत्पादित दूधको भुक्तानी समयमै नपाएको तथा दुग्ध क्षेत्रका समस्या समाधानमा सरकारले चासो नदेखाएको किसानहरूको गुनासो छ । लामो समयदेखि दूधको उचित मूल्य निर्धारण, नियमित भुक्तानीको व्यवस्था र दुग्ध क्षेत्रका समस्या समाधानका लागि सम्बन्धित निकायसँग किसानहरुले माग राख्दै आएका छन् । तर पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि आन्दोलनको विकल्प खोज्नुपरेको अध्यक्ष बगालेको भनाइ छ । किसानहरूका अनुसार दूध उत्पादनमा लाग्ने पशु आहार, दाना, औषधि तथा श्रमको लागत निरन्तर बढिरहेको छ । तर उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता नहुँदा दुग्ध व्यवसायमा संलग्न किसान आर्थिक समस्यामा पर्दै गएका छन् । आफ्ना मागप्रति सरकार र सम्बन्धित निकाय गम्भीर नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी किसानहरूले गरेका छन् ।दुग्ध उत्पादक किसानहरूले समस्या समाधानका लागि तत्काल पहल गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।
दूधको मूल्य र भुक्तानीको समस्या उस्तै, आन्दोलनको तयारीमा किसान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






