Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

दुहबीमा ५६ करोड लागतको फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुहबीमा ५६ करोड लागतको फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने
Photo / Coverage: केन्द्रबिन्दु

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा भएको प्रतिबद्धताअनुरूप सुनसरीको दुहबी नगरपालिकामा फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ । परियोजना सञ्चालनका लागि रिभाइभ इन्फ्रा टेक एन्ड इन्भेस्टमेन्ट लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा उक्त समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको हो । दुहबी नगरपालिकामा निर्माण गरिने यस परियोजनाको कूल लागत रु ५६ करोड रहेको छ । परियोजना सञ्चालनमा आएपछि सुनसरी र मोरङ जिल्लाका विभिन्न पालिकाको फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोशी प्रदेश सरकारले २०८१ साल वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा ५१ वटा परियोजनाका लागि रु एक खर्ब ५६ अर्ब बराबरको लगानीसम्बन्धी समझदारी भएको थियो । ती समझदारीअनुसार निजी क्षेत्रबाट मात्रै सञ्चालन हुने कतिपय परियोजना सुरु भइसकेका छन् भने सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलका परियोजना पनि कार्यान्वयनको चरणमा रहेका छन् । हालसम्म पाँच वटा परियोजनाको परियोजना विकास सम्झौता (पीडीए) भइसकेको र थप १२ वटा परियोजना सम्झौताको चरणमा रहेको लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिए । यसैबीच, परियोजनालाई अगाडि बढाउन कोशी प्रदेश सरकार र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच पनि समझदारी भएको छ यस समझदारीपछि कोशी प्रदेशमा सार्वजनिक–निजी साझेदारीका पूर्वाधारसम्बन्धी परियोजना कार्यान्वयनका लागि बैंकले आवश्यक लगानी तथा वित्तीय सहजीकरण गर्नेछ । प्रदेशको पूर्वाधार विकासलाई समृद्धिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने उद्देश्यले प्रदेश सरकारले बैंकसँग सहकार्यको पहल गरेको हो । समझदारीपत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री कार्कीले नीतिगत तथा कानुनी सुधार गर्दै प्रदेश सरकार लगानीमैत्री वातावरण निर्माणमा अघि बढिरहेको बताए । कोशी प्रदेश लगानीका दृष्टिले अथाह सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै उनले जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको बताए । मुख्यमन्त्री कार्कीले भने, “हामी लगानी सम्मेलनमा भएका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै नीतिगत र कानुनी सुधारमार्फत प्रदेशमा समृद्धिको यात्रालाई अगाडि बढाउँछौँ ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान
Latest NewsJust now

भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

नयाँदिल्ली – भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सोमबार साँझ स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । बिदाइका अवसरमा भारतका लागि नेपाली राजदूत डा. […] ...

काठमाण्डुपाटी
सामान्य सुधारियो नेप्से, कारोबार रकम घट्यो
Latest NewsJust now

सामान्य सुधारियो नेप्से, कारोबार रकम घट्यो

गोरखापत्र समाचारदाताकाठमाडौं, मङ्सिर ७ गते । साताको पहिलो कारोबारका दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले सुधारिएर बन्द भएको छ । अघिल्लो कारोबार दिन शुक्र... ...

गोरखापत्र
संयुक्त सैनिक अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा
Latest NewsJust now

संयुक्त सैनिक अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौँ, मङ्सिर ७ गते । नेपाल र भारतबिच वार्षिक रूपमा सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को २० औँ संस्करणमा सहभागी हुन भारतीय सैनिक टोली नेपाल आइपुगेको छ ।भारतीय... ...

गोरखापत्र
प्रधानमन्त्री शाह स्वदेश प्रस्थान
Latest NewsJust now

प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement