Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध अनुसन्धान गर्न चार दिन म्याद थप

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध अनुसन्धान गर्न चार दिन म्याद थप
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद थप भएको छ । म्याद थप गरिएका व्यक्तिमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता अनुपम शमशेर जबराले उनीहरूमाथि अनुसन्धानका लागि चार दिन म्याद थप भएको जानकारी दिनुभयो । सीआईबीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पीएचपीपछि जाभामा पनि देखियो सुरक्षा कमजोरी, केन्द्रले जारी गर्‍यो एडभाइजरी
Latest NewsJust now

पीएचपीपछि जाभामा पनि देखियो सुरक्षा कमजोरी, केन्द्रले जारी गर्‍यो एडभाइजरी

काठमाडौँ । जाभा प्रोग्रामिङ भाषासँग सम्बन्धित प्रणाली तथा एन्जिनक्स प्रयोग गरी सञ्चालन गरिएका प्रणाली र सर्भरहरूमा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको भन्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सुरक्षा चेतावनी (एडभाइजरी) जारी... ...

रातोपाटी
तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्बले धेरै
Latest NewsJust now

तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्बले धेरै

आयातको तुलनामा रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ । ...

कान्तिपुर
आत्मनिर्भर बनाउन किशोरीलाई उद्यम तालिम
Latest NewsJust now

आत्मनिर्भर बनाउन किशोरीलाई उद्यम तालिम

धर्बेन्द्र झा जनकपुरधाम, मङ्सिर ३ गते । मधेशका किशोरीहरुले पढाइका साथै बचेको समयमा सिकेका सिप प्रयोग गरी व्यवसायबाट आयआर्जन गर्न सकिने र आत्मनिर्भर बनाउन सकिने उद्देश्यले धनुषाका प... ...

गोरखापत्र
एनपीएल : चितवनका डेविड मलानले बनाए अर्धशतक
Latest NewsJust now

एनपीएल : चितवनका डेविड मलानले बनाए अर्धशतक

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजका डेविड मलानले अर्धशतक बनाएका छन् । मलानले ३८ बलको क्षतिमा ५२ रन बनाएका हुन् । आजको खेलमा विजेता टोलीले फाइनल खेल खेल्ने अवसर पाउने भएकाले आजको खेललाई महत्वपूर्ण मानिएको छ । ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play