काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन्। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सुरुवाती ३.१ ओभरमै जम्मा ८ रन जोड्दा आफ्ना प्रमुख ३ विकेट गुमाएर निकै दबाबमा परेको थियो। ओपनर जर्ज मुन्सी शून्य, विनोद भण्डारी र थनुका डबरे समान ३–३ रनमा आउट भएपछि संकटमा परेको टोलीको इनिङ्स कप्तान ऐरीले सम्हालेका हुन्। कप्तान ऐरीले धैर्यपूर्ण र जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ४५ बलमा ३ चौका र १ छक्काको मद्दतमा अविजित ५० रन पूरा गरेका छन्। उनलाई चौथो विकेटका लागि इशान पाण्डेले ३३ बलमा २७ रन बनाउँदै राम्रो साथ दिएका थिए। हाल १७.४ ओभरको खेल सकिँदा सुदूरपश्चिमले ५ विकेटको क्षतिमा ९४ रन बनाएको छ भने क्रिजमा ऐरीसँगै आरिफ शेख अविजित ४ रन बनाएर खेलिरहेका छन्। लुम्बिनीका बलर रुबेन ट्रम्पलम्यानले २ तथा अभिषेक गौतम र शेर मल्लले समान १–१ विकेट लिएका छन्।
दीपेन्द्रसिंह ऐरीको महत्वपूर्ण अर्धशतक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





