Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

दीपावलीले ओझेल पर्दै गएको तिहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
दीपावलीले ओझेल पर्दै गएको तिहार
Photo / Coverage: हिमालय टाइम्स

खुसी, सुख र शान्तिको खोजी गर्नु नै मानवीय स्वभाव हो । आयु, आरोग्य, ऐश्वर्य, घरपरिवार र समाजबिनाको समृद्धिको कल्पना गर्न सकिँदैन । कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीया तिथिसम्म मनाइने यमपञ्चक अर्थात् तिहार यस्तो पर्व हो, जसले मानिसलाई अभावबाट समृद्धितर्फ, अज्ञानताबाट ज्ञानतर्फ, अँध्यारोबाट उज्यालोतर्फ र निराशाबाट आशातर्फ अग्रसर गराउने प्रेरणा दिन्छ । तर, विडम्बना, पछिल्लो समय यति ठूलो सांस्कृतिक, सामाजिक र धार्मिक महत्त्व बोकेको यो मौलिक पर्वलाई ‘दीपावली’ मा मात्र सीमित गर्ने प्रवृत्ति बढेको छ । यसले तिहारका बहुआयामिक पक्षहरूलाई विस्तारै ओझेलमा पार्दै लगेको महसुस हुन्छ । चाडपर्वलाई सतहीरूपमा मनाउने प्रवृत्तिले हाम्रा मौलिक सांस्कृतिक धरातललाई कमजोर बनाउँदै लगेको देखिन्छ । तिहार यस्तो पर्व हो, जसले मानिसलाई अभावबाट समृद्धितर्फ, अज्ञानताबाट ज्ञानतर्फ, अँध्यारोबाट उज्यालोतर्फ र निराशाबाट आशातर्फ अग्रसर गराउने प्रेरणा दिन्छ । तर, विडम्बना, पछिल्लो समय यति ठूलो सांस्कृतिक, सामाजिक र धार्मिक महत्त्व बोकेको यो मौलिक पर्वलाई ‘दीपावली’ मा मात्र सीमित गर्ने प्रवृत्ति बढेको छ । यसले तिहारका बहुआयामिक पक्षहरूलाई विस्तारै ओझेलमा पार्दै लगेको महसुस हुन्छ । यमपञ्चकको उत्सव र जीवनबोधतिहारलाई यमराजको नाम जोडेर यमपञ्चक भनिए पनि यो वास्तवमा यमराजले आफ्ना कर्मबाट केही समय विश्राम लिई उत्सव मनाएको विशेष अवधि हो । पौराणिक आख्यानअनुसार मानिसका शुभाशुभ कर्मको लेखाजोखा गर्ने यमराज बहिनी यमुनाको निमन्त्रणा स्वीकार गरी पृथ्वीलोकमा पाहुनाका रूपमा आउने विश्वास गरिन्छ । मृत्यु जीवनको शाश्वत सत्य हो । तर, त्यही मृत्युका देवताको सम्मानमा दीप प्रज्वलन गरी वर्षभरि घरमा अपमृत्यु र दुर्घटना नहोस् भनी कामना गर्नु मानिसको बाँच्ने चाहना र प्रकृतिप्रतिको आदरभाव हो । मृत्युबाट डराउनुको सट्टा जीवनलाई कसरी सुखी, दीर्घ र सार्थक बनाउने भन्ने दर्शन यस पर्वमा निहित छ । वैदिक वाङ्मयमा यम र यमुनाको प्रसंग निकै प्राचीन र अर्थपूर्ण छ । ऋग्वेदमा यम र यमीका रूपमा दाजुबहिनीको संवाद पाइन्छ । ऐतिहासिक तथा सामाजिक सुधारको परिमार्जित रूपलाई तिहार पर्वसँग जोडेर हेर्ने गरिएको छ । यस अर्थमा तिहार भनेको केवल रमाइलो गर्ने चाडमात्र नभई समाजलाई सुसंस्कृत, मर्यादित र अनुशासित बनाउने एउटा ऐतिहासिक कोसेढुंगा पनि हो । प्रकृति, पशुपक्षीप्रतिको उच्च सम्मानतिहारका पाँचवटा दिनमा प्रकृति, पशुपक्षी र श्रमसँग जोडिएका विभिन्न पाटालाई अत्यन्तै वैज्ञानिक ढंगले पूजन गरिएको पाइन्छ । हाम्रा पूर्वजहरूले प्रकृतिका हरेक तत्त्वमा जीवन र उपयोगिता देखेका थिए । पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई यमदूतका रूपमा मात्र होइन, प्रकृतिको सरसफाइ गर्ने र वायुमण्डललाई स्वच्छ राख्ने पशुपक्षीका रूपमा हेरिन्छ । नीतिशास्त्रमा कागबाट चनाखो रहने, अतिरिक्त सञ्चय नटर्ने र सफासुग्घर बस्ने जस्ता पाँचवटा महत्त्वपूर्ण शिक्षाहरू लिन सकिने बताइएको छ । यसै दिन आयुर्वेदका प्रणेता महर्षि धन्वन्तरिको जन्मजयन्ती अर्थात् धनतेरस पनि पर्दछ । यसले हाम्रो पूर्वीय चिकित्सा पद्धति कति समृद्ध र प्राचीन थियो भन्ने कुराको ज्वलन्त उदाहरण प्रस्तुत गर्दछ । आयुर्वेदलाई आज ‘वैकल्पिक चिकित्सा’ भनी साँघुरो घेरामा राख्नेहरूका लागि धन्वन्तरि जयन्तीले यसको गहिराइको बोध गराउँछ । दोस्रो दिन कुकुर तिहार मनाइन्छ । कुकुर मानिसको सबैभन्दा इमान्दार, विश्वासी र भरपर्दो रक्षक हो । अपराध अनुसन्धानदेखि घरको पहरेदारीसम्म महत्त्वपूर्ण भूमिका खेल्ने यस प्राणीप्रति कृतज्ञता ज्ञापन गर्नु हाम्रो सभ्यताको विशेषता हो । कुकुरबाट पनि इमान्दारिता, चनाखोपन र निष्ठा जस्ता गुणहरू सिक्न सकिन्छ भनी नीतिशास्त्रमा उल्लेख गरिएको छ । तेस्रो दिन गाईतिहार र लक्ष्मीपूजा हो । गाईलाई साक्षात् लक्ष्मी तथा सर्वफलदायिनी स्वरूप मानिएको छ । गाईको दूध, दही, घिउ, गोबर र गहुँत सबै मानिसका लागि स्वास्थ्यवर्धक र उपयोगी छन् । यही औंशीको कालो रातमा चेतनाका दीपहरू बालेर महालक्ष्मीको आराधना गरिन्छ । यसलाई सुखरात्रि भनिन्छ । प्राकृतिक अन्धकारलाई मानिसको विवेक र चेतनाले उज्यालो पार्ने संकेत नै दीपावली हो । गाईको पूजाले कृषिका लागि गोवंशको उपादेयतामात्र होइन, इन्द्रिय संयम र पृथ्वीप्रतिको हाम्रो दायित्वलाई पनि स्मरण गराउँछ । तिहार केवल मनोरञ्जन वा उज्यालोको पर्वमात्र होइन; यो त प्रकृति, पशुपक्षी, श्रम, स्वास्थ्य, ज्ञान र मानवीय सम्बन्धको अनुपम संगम हो । वेददेखि सुरु भएका हाम्रा परम्परा र संस्कृतिलाई तिनका समग्रतामा बुझ्न र जोगाउन आवश्यक छ । यस पर्वलाई केवल ‘दीपावली’ को साँघुरो घेरामा कैद नगरीकन यसको शास्त्रीय, दार्शनिक र सामाजिक नाम ‘यमपञ्चक’ वा ‘तिहार’ कै रूपमा संरक्षण र संवर्द्धन गर्नु आजको बौद्धिक समाज र हामी सबैको दायित्व हो । चौथो दिन गोवर्धन पूजा र गोरु तिहार मनाइन्छ । गोवर्धन पर्वतको पूजासँग द्वापर युगको राजनीतिक र पर्यावरणीय चेतना जोडिएको छ । भगवान् श्रीकृष्णको प्रेरणाले इन्द्रको अहंकार तोड्दै गोवर्धन पर्वतको पूजा गर्नु भनेको प्रकृति, प्राकृतिक सम्पदा र गोवंशको संरक्षण गर्नु हो । यसै दिन गोरुको पूजा गरिनुले हलो जोत्ने किसान र श्रमिक वर्गप्रति उच्च सम्मान प्रकट गरेको छ । यो श्रम र उत्पादकत्वलाई कदर गर्ने वैज्ञानिक संस्कृति हो । नेवार समुदायमा यसै दिन आत्मपूजा (म्हपूजा) गर्ने विधान छ, जसले मानिसभित्रको ईश्वरत्व, आत्मसम्मान र आफ्नो स्वास्थ्यको हेरचाह गर्ने दृष्टिलाई उजागर गर्दछ । पारिवारिक सम्बन्ध र सामाजिक सद्भावको सेतुपाँचौं दिन भाइटीकाको दिन हो । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका, मखमली र सयपत्रीको माला लगाई दीर्घायु, आरोग्य र सुख-समृद्धिको कामना गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र सुरक्षाको वचन दिन्छन् । विवाह भएर टाढा गएका वा देश-विदेशमा गएका परिवारका सदस्यहरूलाई एक ठाउँमा ल्याउने, पारिवारिक आत्मीयतालाई प्रगाढ बनाउने र सम्बन्धहरूमा नयाँ ऊर्जा भर्ने काम तिहारले गर्दछ । यो पर्वले व्यक्तिलाई एक्लो महसुस हुन दिँदैन र समाजमा आत्मीयताको धागो बलियो बनाउँछ । त्यस्तै, तिहारमा गाइने देउसी र भैलोको आफ्नै सांस्कृतिक महत्त्व छ । बलिराज र भगवान् रामका गाथा समेटेर घर-घरमा देउसीभैलो खेल्ने, आशीर्वाद आदानप्रदान गर्ने र संकलित रकमबाट सामाजिक कार्य गर्ने परम्पराले नेपाली समाजमा आपसी सद्भाव, उत्साह र उमंग सञ्चार गर्दछ । यी लोकभाका र मौलिक संस्कृतिले समाजलाई एक सूत्रमा बाँध्ने काम गर्छन् । अतिव्याप्ति र हाम्रो विडम्बनापछिल्लो समय तिहार पर्वलाई संक्षिप्त गर्दै ‘दीपावली’ वा हिन्दी प्रभावमा ‘दिवाली’ भनी सम्बोधन गर्ने चलन तीव्ररूपमा बढेको छ । दीपावली भनेको मूलतः औंशीको रातमा लहरै बत्ती बाल्ने एउटा कर्ममात्र हो । अयोध्याका राजकुमार राम लंका विजय गरी फर्किंदा अयोध्यावासीले खुसीयालीमा दियो बालेको प्रसंग होस् वा लक्ष्मीपूजाको रातमा अन्धकार चिर्न गरिएको दीप प्रज्वलन होस्, यो तिहारको पाँच दिनमध्येको एउटा अंशमात्र हो । पञ्चदिवसीय यस पर्वलाई केवल एक रातको बत्ती बाल्ने क्रियाकलापमा सीमित गर्दा काग, कुकुर, गाई, गोरु, गोवर्धन, प्रकृति, आयुर्वेद, दाजुबहिनीको सम्बन्ध र देउसीभैलोजस्ता अनगिन्ती मौलिक र दार्शनिक पक्षहरू ओझेलमा पर्छन् । संस्कृति भनेको सुधारिएको परम्परा र समाजले स्वीकार गरेको परिमार्जित व्यवहार हो । तर, जब हामी यसका अन्तरवस्तुलाई नबुझी सतहीरूपमा केवल ‘दिवाली’ वा ‘दीपावली’ मात्र भन्न थाल्छौं, तब हाम्रो मौलिक सांस्कृतिक पहिचान खुम्चिन पुग्छ । चाडपर्वलाई यसरी एउटा नाममा खुम्च्याउनु भनेको हाम्रै पुर्खाले सुम्पिएको विराट सांस्कृतिक धरोहरप्रति अन्याय गर्नु हो । निष्कर्षनिष्कर्षमा भन्नुपर्दा, तिहार केवल मनोरञ्जन वा उज्यालोको पर्वमात्र होइन; यो त प्रकृति, पशुपक्षी, श्रम, स्वास्थ्य, ज्ञान र मानवीय सम्बन्धको अनुपम संगम हो । वेददेखि सुरु भएका हाम्रा परम्परा र संस्कृतिलाई तिनका समग्रतामा बुझ्न र जोगाउन आवश्यक छ । यस पर्वलाई केवल ‘दीपावली’ को साँघुरो घेरामा कैद नगरीकन यसको शास्त्रीय, दार्शनिक र सामाजिक नाम ‘यमपञ्चक’ वा ‘तिहार’ कै रूपमा संरक्षण र संवर्द्धन गर्नु आजको बौद्धिक समाज र हामी सबैको दायित्व हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल... ...

रातोपाटी
जेडी भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्‍यौँ
Latest NewsJust now

जेडी भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्‍यौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको पराजयको कारण इरान युद्ध भएको टिप्पणी गरेका छन्। निर्वाचनमा विपक्षी दल डेमोक्र्याटिक पार्टीले अमेरकी कंग्रेस (संसद्) का दुवै सदनमा बहुमत हासिल गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक दल रिपब्लिकनलाई विस्थािपित गरेको छ।  यस विषयमा सामाजिक सञ्जालमा एक्समा लेख्दै उपराष्... ...

नेपालखबर
डलरको भाउ घट्यो, युरो र पाउन्डको भाउ बढ्यो
Latest NewsJust now

डलरको भाउ घट्यो, युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा छ। हिजो अमेरिकी डलर १ को ...

केन्द्रबिन्दु
आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play