काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइको बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि आदेश आउन बाँकी रहेको छ । सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी रहेको र आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले निर्णय बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
दानबहादुर कार्कीको रिटमाथि सर्वोच्चमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





