Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

दाङको पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुनेमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङको पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुनेमा जोड
Photo / Coverage: हिमालय टाइम्स

दाङ । दाङको पर्यटन प्रवर्द्धनमा सञ्चारको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम घोराही उपमहानगरपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल धारापानीमा सम्पन्न भएको छ । नेपाल प्रेस युनियन दाङले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लाको पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउँदै पर्यटकीय स्थलको विकास र प्रचारप्रसारका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, विशिष्ट अतिथि पाण्डवेश्वर धारापानी धामका अध्यक्ष गणेश अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, केन्द्रीय सदस्य लीला शाह, नेपाल प्रेस युनियनका उपमहासचिव सुलोचना गौतम, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस युनियनका केन्द्रीय सदस्य देवेन्द्र बस्नेत र केपी घिमिरेलगायत वक्ताहरूले जिल्लाका पर्यटकीय सम्भावना बोकेका स्थलको प्रचारप्रसार तथा प्रवर्द्धनमा सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । वक्ताहरूले दाङका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको उल्लेख गर्नुभयो । यस्ता स्थलको उचित प्रचारप्रसार र विकासले जिल्लाको पर्यटन प्रवर्द्धनसँगै समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने उहाँहरूको भनाइ थियो । नेपाल प्रेस युनियन दाङका अध्यक्ष आरके शीतलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला सचिव लिलाधर वलीले गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कराँचीमा ६ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
Latest NewsJust now

कराँचीमा ६ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा छ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । भग्नावशेषबाट शनिबार थप चार जनाको शव निकालिएपछि मृतकको सङ्ख्या बढेको उद्धार अधिकारीहरूले... ...

रातोपाटी
इरानी बन्दरगाहको नाकाबन्दी तोड्न खोज्ने अर्को जहाज अमेरिकी सेनाद्वारा निष्क्रिय
Latest NewsJust now

इरानी बन्दरगाहको नाकाबन्दी तोड्न खोज्ने अर्को जहाज अमेरिकी सेनाद्वारा निष्क्रिय

इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले शुक्रबार उक्त जानकारी दिएको हो । अमेरिकी... ...

रातोपाटी
सीमावर्ती जङ्गलबाट साढे १९ टन फर्सीको बियाँ बरामद
Latest NewsJust now

सीमावर्ती जङ्गलबाट साढे १९ टन फर्सीको बियाँ बरामद

गोरखापत्र समाचारदाताकाठमाडौँ, मंसिर १२ गते । झापा र इलामको सीमा क्षेत्रमा पर्ने झापाको मेचीनगर नगरपालिका–१ भालुखोपस्थित जङ्गलबाट सशस्त्र प्रहरीले करिब साढे १९ टन फर्सीको बियाँ बराम... ...

गोरखापत्र
भारतस्थित नेपालीका समस्या समाधान गर्न नेपाली समाज भारतको १० बुँदे माग
Latest NewsJust now

भारतस्थित नेपालीका समस्या समाधान गर्न नेपाली समाज भारतको १० बुँदे माग

नयाँ दिल्ली । नेपाली समाज भारतले भारतस्थित नेपाली नागरिकका हक–अधिकार, सुरक्षा, सामाजिक संरक्षण तथा नेपाल–भारत सम्बन्ध सुदृढीकरणका लागि १० बुँदे मागसहित नेपाली राजदूतावास, नयाँ दिल्लीमा ज्ञापनपत्र बुझाएको छ । समाजका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement