Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको छ । मंसिर १६ गतेदेखि २७ गतेसम्म औपचारिक रुपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेलहरु ८ गतेदेखि सुरु भइसकेका छन् । ‘एनआरएनए स्पोट्र्स एकेडेमी’ (गैरआवासीय नेपाली संघ–खेलकुद प्रतिष्ठान) ले प्रतियोगितामा आफ्नो सहभागिता, तयारी र हालसम्मका नतिजाबारे शनिबार पत्रकार सम्मेलन गराएर जानकारी गराएको हो । विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यका साथ एनआरएनएले यसपटक ११ खेलमा प्रतिस्पर्धा गरेको एनआरएनएका युवा उपाध्यक्ष एवं स्पोर्टस एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाले जानकारी दिए । प्रतियोगितामा व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल–कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको पनि उल्लेख गरे । बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि प्रतियोगिताको समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्टस एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए । दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीबाट विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा ७९ विधा तथा तौल समूहमा एनआरएनएले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन् । नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका विभिन्न २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीहरूले उल्लेखनीय सफलता हात पारेका छन् । त्यसमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन् । २०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्र मा हस्ताक्षर गरेसँगै पहिलो पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेको थियो । लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो । यसपटक भने कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीहरुलाई खेलकुदको माध्यमबाट मातृभूमीसँग जोड्ने अभियानमा रहेको बताए । यसैगरी आगामी दिनमा एनआरएनएले नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा पनि काम गर्न तयार रहेको बताए । उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सवैको साथ सहयोगले प्रतियोगितामा सहभागिता जनाएको उल्लेख गरे । उनले खेलाडीहरुको सुविधामा कुनै कसर बाँकी नराख्ने बताउँदै सहयोग गर्नका लागि आइसीसीका सवैलाई अपिल पनि गरे । यस्तै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली)ले एनआरएनएको सहभागिता विभागी टिमहरुसँग प्रतिस्पर्धा भन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागी भएको बताए । यस्तै, आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने पनि अपेक्षा गरे । महासचिव डा. चिरञ्जीवि खड्काले एनआरएनए खेलाडीहरुको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । पत्रकार सम्मेलनमा एनआरएन खेलाडीहरुको छनोट प्रक्रिया लगायतका विषयमा जिज्ञाषा राखेका थिए । जवाफमा प्राविधिक निर्देशक रवि शाहीले सवै कागजात हेरेरमात्रै खेलाडी खेलाएको बताउँदै समस्या नहुने प्रष्ट पारे । एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागि हुन जाने केही खेलाडीलाई पनि विदाई गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विराटनगर–१९ मा निःशुल्क नाक, कान, घाँटी तथा दन्त शिविर, १०८ जना लाभान्वित
Latest NewsJust now

विराटनगर–१९ मा निःशुल्क नाक, कान, घाँटी तथा दन्त शिविर, १०८ जना लाभान्वित

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा साना पाइला मोरङको सहयोगमा विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर नगर अस्पतालमा एक दिने निःशुल्क नाक, कान, घाँटी तथा दन्त स्वास्थ्य शिविर भएको... ...

रातोपाटी
२० स्वर्णको लक्ष्यमा एनआरएनए टिम
Latest NewsJust now

२० स्वर्णको लक्ष्यमा एनआरएनए टिम

कर्णाली प्रदेशमा औपचारिक उद्घाटनअघि १० खेलका प्रतियोगिता भइरहेको छ । पौडीमा जितेको पदकले नै एनआरएनए तालिकाको दोस्रो स्थानमा छ । ...

कान्तिपुर
विद्युत आपूर्तिमा अनियमितताको समस्या छिट्टै हट्छ : मन्त्री श्रेष्ठ
Latest NewsJust now

विद्युत आपूर्तिमा अनियमितताको समस्या छिट्टै हट्छ : मन्त्री श्रेष्ठ

नवराज नेपाली बागलुङ, मङ्सिर १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत अनियमितताको समस्या समाधानको लागि पहल भइरहेको बताउनुभएको छ । उहाँले बागलुङमा समे... ...

गोरखापत्र
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको फैलावट बढ्न सक्ने अध्ययनको निष्कर्ष
Latest NewsJust now

तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको फैलावट बढ्न सक्ने अध्ययनको निष्कर्ष

काठमाडौँ । वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन् । नयाँ अध्ययनअनुसार यो जीनको भिन्नताले भाले लामखुट्टेलाई गर्मीमा बढी प्रजनन गर्न... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement