Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दशौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली
Photo / Coverage: पर्दाफास

बहुप्रतिक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् । दसौँ राष्ट्रिय खेलकुदलाई भव्यतापूर्वक सफल बनाउन सिङ्गो कर्णाली प्रदेश सरकार व्यवस्थापनमा जुटेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही विभिन्न बैठकमा सहभागी हुने, छलफल गर्ने र प्रतियोगितालाई व्यवस्थित बनाउने ध्याउन्नमा केन्द्रित भएका छन् । प्रतियोगिताको मिति नजिकिएसँगै सुर्खेत आउने अतिथि, खेलाडी, प्रशिक्षक, अफिसियल, दर्शकलगायत खेलप्रेमीको स्वागतार्थ विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्न थालिएको छ । वीरेन्द्रनगरका बजार क्षेत्रमा दसौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि माइकिङ भइरहेको छ । घरेलु खेलकुद सबैभन्दा ठूलो प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन् । यतिबेला खेलकुदको ‘महाकुम्भ’ दसौँ राष्ट्रिय खेलकुदको व्यग्र प्रतीक्षा सुरु भएको छ । राष्ट्रिय खेलकुद नवौँ संस्करण यसअघि २०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो । प्रतियोगिता नजिकिएसँगै विदेशमा रहेका खेडाली स्वदेश फर्कन थालेका छन् । कतिपय खेलाडी बन्द प्रक्षिणमा जुटिसकेका छन् । दसौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन् । प्रतियोगिताका खेल सात जिल्लामा सञ्चालन हुनेछन् । सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन् भने लुम्बिनी प्रदेशको नेपालगन्ज र बर्दिया तथा कर्णालीको सल्यानमा समान दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा समान एक खेल हुनेछन् । कर्णालीका मुख्यमन्त्री शाही प्रतियोगिताका लागि पूर्वाधार निर्माण सम्पन्न भइसकेको र खेलका लागि तयारी अवस्थामा रहेको बताउछन् । ‘पूर्वाधार सामान्य मर्मत गर्नेबाहेक सबै खेल स्थान प्रतियोगिताका लागि तयारी भइसकेका छन्, कतिपय खेल सामग्री आइसकेका छन्, कति आउने क्रममा छन्’, मुख्यमन्त्री शाहीले भने । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा अधिकारीको बैठकले प्रतियोगितामा सुरक्षा कमजोरी हुन नदिन सुरक्षा तैनाथी बढाउने र सिसीटिभी क्यामेराबाट निगरानी गर्ने निर्णय गरेको छ । प्रतियोगिताको सुरक्षार्थ दुई हजार सुरक्षाकर्मी खटिनेछन् । प्रतियोगितास्थल, मुख्य चोक तथा नगर क्षेत्रमा २०० भन्दा बढी सिसीटिभी क्यामेरा जडान गरिएका छन् । प्रतियोगितामा सहभागी हुन आउने खेलाडी, प्रशिक्षक, अतिथि तथा खेलप्रेमीलाई आवासको अप्ठ्यारो भोग्नु नपरोस् भनेर होटलमा पर्याप्त कोठाको व्यवस्था गरिएको छ । दसौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुका अनुसार प्रतियोगितालाई व्यवस्थित बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिङ्गो टोली सुर्खेतमा खटिएको छ । विभिन्न उपसमिति निर्माण गरेर तयारीका कामलाई तीव्र पारिएको छ । यसअघि २०३८ सालमा काठमाडौँमा पहिलो, २०४० सालमा पोखरामा दोस्रो, २०४२ सालमा वीरगन्जमा तेस्रो, २०५५ सालमा नेपालगन्जमा चौथो, २०६५ मा काठमाडौँमा पाँचौँ, २०६८ मा सुदूरपश्चिममा छैटौँ, २०७३ मा पूर्वाञ्चलमा सातौँ र २०७५/७६ मा लुम्बिनीमा आठौँ राष्ट्रिय खेलकुद आयोजना भएको थियो । एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुँदैछ । राखेपका अनुसार ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । संयोजक खम्बुका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटनअगावै कतिपय खेल सञ्चालन हुनेछन् । प्रतियोगिता उद्घाटनअघि विभिन्न १० खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र एनआरएनए गरी ११ टोलीको सहभागिता रहने छ । दसौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ ‘इभेन्ट्स’ समावेश छन् । प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन् । त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन् । राखेपले पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । जसमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले रु २० हजार, रजतले रु १५ हजार र कास्य विजेताले रु आठ हजार पाउनेछन् । त्यसैगरी, टोली स्पर्धामा स्वर्ण पदक विजेताले रु १५ हजार, रजतले रु १० हजार र कास्यले रु आठ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि २५८ अन्तरराष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक रहनेछन् । त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल सङ्घका ९६ प्रतिनिधि पनि प्रतियोगितामा परिचालित हुने राखेपले जनाएको छ । चार खेल लुम्बिनीमा प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन् । प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल हुँदैछन् । ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापन भइसकेको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ तथा बर्दियाको ठाकुरबाबा नगरपालिकाको भूरीगाउँस्थित कभर्ड हलमा खोखो र गुलरियास्थित कभर्ड हलमा टेनिस खेल हुनेछ । दसौँ राष्ट्रिय खेलकुदको समापन भने यही मङ्सिर २७ गते सुर्खेतमा हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दिल्लीतिर टिठ, पेकिङतिर पिठ नहोस्
OthersJust now

दिल्लीतिर टिठ, पेकिङतिर पिठ नहोस्

प्रधानमन्त्री बालेन शाह पहिलो औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै गर्दा काठमाडौँमा चिनियाँ कूटनीतिज्ञहरूको असन्तोष सार्वजनिक हुनु संयोग मात्र होइन। बीआरआई सम्झौता, पोखरा विमानस्थल र सीमा नाकामा देखिएको चिसोपनाले नेपाल–चीन सम्बन्धमा गम्भीर सङ्केत गरेको छ। ...

अनलाइन खबर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४७० जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४७० जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९१, हर्न निषेधमा ५, अवस्था ठिक नभएको ६ र अन्यमा २३१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले ...

पर्दाफास
आठपहरियाको वडाङ्मेट सुरु, शोक बिर्साउन बराहक्षेत्रको यात्रामा
OthersJust now

आठपहरियाको वडाङ्मेट सुरु, शोक बिर्साउन बराहक्षेत्रको यात्रामा

६ मंसिर, धनकुटा । वर्षभरि आफन्त गुमाउँदाको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक विधिबाट बिसाएर नयाँ उत्साहका साथ जीवन अघि बढाउने मौलिक परम्परा बोकेको आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड वडाङ्मेट (मंसिरे) पर्व सुरु भएको छ । धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक… ...

अनलाइन खबर
प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, मोदीलाई भोलि भेट्ने
OthersJust now

प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, मोदीलाई भोलि भेट्ने

प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । उनी प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले सोमबार नै ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play