Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा
Photo / Coverage: हिमालय टाइम्स

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियामा सञ्चालन हुने टेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ स्थित लन टेनिस कोर्टमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता सञ्चालन हुनेछ । २०८१ मंसिर १४ गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त कोर्टमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। प्रत्येक प्रदेशबाट पाँच महिला र पाँच पुरुष गरी १० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यसरी कुल ११० खेलाडी सहभागी हुनेछन् । टोलीसँगै व्यवस्थापक, प्रशिक्षक र म्यानेजरको पनि सहभागिता रहनेछ । यस प्रतियोगितामा बर्दियाबाट दुई खेलाडी छनोट भएका छन्। गुलरिया नगरपालिका-५ निवासी मेघेन्द्र गिरी र गुलरियाकै सुमन चौधरीले टेनिसमा प्रतिस्पर्धा गर्नेछन् । बर्दिया जिल्ला टेनिस संघका अध्यक्ष दीपककुमार शर्माले छोटो समयमै जिल्लाबाट दुई खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनु खुसीको विषय भएको बताउनुभयो । उहाँले प्रतियोगितामा बर्दियाका खेलाडीले राम्रो नतिजा निकाल्ने आशा व्यक्त गर्नुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई गरी सात स्थानमा सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई-स्पोर्ट्स र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन् । त्यस्तै, बाँकेको नेपालगञ्जमा पौडी र सुटिङ, बर्दियामा टेनिस र खोखो, सल्यानमा कुस्ती र जुडो, दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल तथा पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ भने मंसिर २७ गते समापन गर्ने कार्यक्रम छ । यद्यपि उद्घाटनअघि नै मंसिर ८ गतेदेखि भलिबल, फुटबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिससहित १० खेलका प्रतिस्पर्धा सुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको गरी ११ टोली सहभागी हुनेछन्। कुल ३८४ इभेन्ट्समा १ हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । दशौँ राष्ट्रिय खेलकुदले बर्दियासहित लुम्बिनी प्रदेशमा राष्ट्रियस्तरको खेलकुद गतिविधि विस्तार गर्न तथा स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालको विपद्‌पछिको पुनर्निर्माणमा चीनले सक्रिय सहयोग गर्नेछ : प्रवक्ता जियाकुन
Latest NewsJust now

नेपालको विपद्‌पछिको पुनर्निर्माणमा चीनले सक्रिय सहयोग गर्नेछ : प्रवक्ता जियाकुन

बेइजिङ । नेपालको विपद्‌पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार विपद् प्रभावित क्षेत्रका बासिन्दालाई घर पुनर्निर्माण गर्न र जतिसक्दो चाँडो... ...

रातोपाटी
के एआईले बेलैमा स्तन क्यान्सर पहिचान गर्ला, विश्वकै ठूलो परीक्षण हुँदै
Latest NewsJust now

के एआईले बेलैमा स्तन क्यान्सर पहिचान गर्ला, विश्वकै ठूलो परीक्षण हुँदै

BBC आर्टिफिशल इन्टेलिजन्स एआईले स्तन क्यान्सर पहिचानमा कसरी सहयोग गर्न सक्छ भन्ने परीक्षणका लागि यूकेमा झन्डै ७,००,००० महिलालाई सहभागी हुन आह्वान गरिएको छ।यो परीक्षणका क्रममा स्तनको एक्स-रे अर्थात् 'म्यामोग्राम'को जाँचका लागि ...

बीबीसी नेपाली
उत्पादनमुखी नीति अपरिहार्य
Latest NewsJust now

उत्पादनमुखी नीति अपरिहार्य

चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म औसत मूल्यवृद्धि ४.५५ प्रतिशत विन्दुले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको असोजसम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार यो वर्... ...

गोरखापत्र
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
Latest NewsJust now

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्यसूची सार्वजनिक गरेकाे छ । आज सुकेको भारतीय प्याज प्रतिकेजी न्यूनतम ९२ रुपैयाँदेखि अधिकतम ९६ रुपैयाँसम्म तोकिएको छ । त्यस्तै,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement